मधेस प्रदेश : छुरा प्रहारबाट एक युवककाे हत्या
मिति: २०२३-०९-१६ , समय : ०९:५५:४२ , गामघर डेस्क
मिति: २०२३-०९-१६ , समय : ०९:५५:४२ , गामघर डेस्क
गामघर डेस्क
जनकपुर । मधेस प्रदेशको रौतहटको कटहरिया नगरपालिका– ५ मा शुक्रबार राति छुरा प्रहारबाट एक युवकको हत्या भएको छ । कटहरियाका २५ वर्षीय सनीलराय यादवको छुरा प्रहारबाट मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।
कटहरियास्थित खानेपानी कार्यालय छेउमा यादवका दाजुभाइ र अर्को पक्षबीच भनाभनपछि हात हालाहाल भएको थियो । झडपका क्रममा यादवको देब्रे कोखामा छुरा प्रहार भएको थियो ।
यादव घाइते अवस्थामा भुईंमा लडेर अचेत भएपछि स्थानीयले उपचारका लागि प्राथमिक स्वास्थ्य केन्द्र कटहरिया लगेका थिए । त्यहाँ चिकित्सकले उनलाई मृत घोषणा गरेको हुन् ।राैतहटका प्रहरी उपरीक्षक महेन्द्र श्रेष्ठले यादवको छुरा प्रहारबाट मृत्यु भएको पुष्टि गरे ।
यता साे घटनामा संलग्न रहेको आरोपमा प्रहरीले कटहरिया– ५ का बद्री साह सोनार र उनका काका किसन साहलाई नियन्त्रणमा लिएको छ ।
प्रकाशित मिति: २०२३-०९-१६ , समय : ०९:५५:४२ , 2 years अगाडि