सप्तरीकाे तिलाठी काेइलाडी गापामा सूचना अधिकृत झा सहितका कर्मचारीले ११ लाख बढी भुक्तानी लिएकाे खुलासा
मिति: २०२३-०९-१७ , समय : १०:४३:०७ , नविन निर्भय यादव
मिति: २०२३-०९-१७ , समय : १०:४३:०७ , नविन निर्भय यादव
नविन निर्भय यादव
राजविराज ।
सप्तरीकाे तिलाठी काेइलाडी गाउँपालिकाका कर्मचारीहरूले नेपाल सरकार मन्त्रीपरीषदको निर्णय विपरीत भुक्तानी लिएका छन ।
पालिकाले मन्त्रीपरीषदको अघिल्लो निर्णयलाई आधार मान्दा कम्तिमा ५० प्रतिशत बढी रकम भुक्तानी दिएको महालेखा परीक्षणकाे प्रतिवेदनमा सार्वजनिक भएको छ । पालिकाका प्रमुख प्रशासकीय अधिकृत, सहित २५ जना कर्मचारीले सत प्रतिशत भत्ता रकम लिएका छन ।
प्रतिवेदन अनुसार प्रमुख प्रशासकीय अधिकृत केशव कुमार झा, भुपेन्द्र झा, दिपक कुमार मण्डल, शिव नारायण मालाकार, रमण कुमार मिश्र, पप्पु कुमार राम, मनोज कुमार देव, महेश साह, दिपेन्द्र राउत, ज्ञानु चौधरी झा, बिजय कुमार मण्डल, उमेश कुमार मण्डल, मदन कुमार मण्डल छन । यसैगरी संजय कुमार ठाकुर, संजय कुमार खङ, जुगनु मण्डल, शैलेस कुमार मिश्र, आरती देव, पुरुषोतम झा, अमरेन्द्र झा, राजु कुमार झा, राजेश कुमार झा, उपेन्द्र मण्डल र सुभाष चन्द्र कर्णले पूरा भुक्तानी लिएका हुन्। यिनिहरुले २२ लाख नौ हजार २ सय ८९ रुपैया भुक्तानी पाएका छन ।
प्रतिवेदन अनुसार नेपाल सरकार मन्त्रीपरीषदको मिति २०७६ साल चैत २९ गतेको निर्णय बमोजिम पूरा भत्ता वापतको रकम भुक्तानी असुलेको हो । तर मन्त्रीपरीषदको मिति २०७८ साल बैसाख १९ गतेको बैठकको निर्णयले ६ महिनासम्मको शुरु स्केलको ५० प्रतिशत मात्र भत्ता लिनसक्ने भनिएको छ ।
प्रकोप व्यवस्थापन कोष अन्तर्गत भत्ता वितरणमा यस्तो अनियमितता गरेको हो । मिति २०७८ जेठ ५ गतेको परिपत्रमा कोभिड १९ को पहिचान, निदान र उपचार एम्बुलेन्स संचालन तथा शव व्यवस्थापनमा प्रत्यक्ष रुपमा संलग्न चिकित्सक, स्वास्थ्यकर्मी, कर्मचारी, सुरक्षाकर्मी, सरसफाइकर्मीलाई यो भत्ता उपलब्ध गराउन भनिएको थियो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालय काठमान्डु सिहदरवारले सबै अस्पतालहरुलाई यो परीपत्र गरेको प्रतिवेदनमा उल्लेख छ । यता पालिकाले ११ लाख ४ हजार ६ सय ४५ रुपैया बढी भुक्तानी गरेको छ ।
प्रकाशित मिति: २०२३-०९-१७ , समय : १०:४३:०७ , 2 years अगाडि