संविधान दिवस : सप्तरीमा आठ फिटको राष्ट्रिय झन्डा स्थापना
मिति: २०२३-०९-२० , समय : १८:४६:३४ , गामघर डेस्क
मिति: २०२३-०९-२० , समय : १८:४६:३४ , गामघर डेस्क
गामघर डेस्क
राजविराज ।
संविधान दिवस, २०८० काे अवसरमा बुधवार राष्ट्रिय युवा संघ कञ्चनरूप नगर कमिटीले रूपनगर चौकमा राष्ट्रिय झन्डा फहराइ संविधान दिवस मनाइएको छ ।
राष्ट्र, राष्ट्रियता, लोकतान्त्रिक आन्दोलन र संविधान प्रति नयाँ पुस्तामा समेत जागरण पैदा गर्न असोज ३ गते संविधान दिवस तथा राष्ट्रिय दिवसको अवसरमा रूपनगर चौकमा राष्ट्रिय झन्डा फहराइ संविधान दिवस मनाइएको हो ।
नेपाली जनताको लामो सङ्घर्ष, त्याग र बलिदानको जगमा जनताका प्रतिनिधिले बनाएको सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक प्रणालीसहितको संविधान जारी भएको दिन मनाइने राष्ट्रिय उत्सव दिवसलाई मौलिक बनाउन राष्ट्रिय झण्डालाई विशेष महत्व दिइएको हो ।
कञ्चनरूप वडा नंं. १२ वडा सदस्य तथा राष्ट्रिय युवा संघ कञ्चनरूप नगर कमिटी अध्यक्ष जैनुद्दीन मियाले राष्ट्रिय झन्डा फहराइ संविधान दिवस मनाइको जानकारी दिएका हुन ।
नेपाली जनताको लामो सङ्घर्ष, त्याग र बलिदानको जगमा जनताका प्रतिनिधिले बनाएको सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक प्रणालीसहितको संविधान जारी भएको दिन मनाइने राष्ट्रिय उत्सव दिवसलाई मौलिक बनाउन राष्ट्रिय झण्डालाई विशेष महत्व दिइएको हो ।
सरकारले राष्ट्रिय झण्डा र राष्ट्रिय गानको प्रयोग सम्बन्धी कार्यविधि, २०६९ परिवर्तन गरी राष्ट्रिय झण्डालाई निजी घरमा पनि राख्न पाइने गरी निर्देशिका समेत परिवर्तन गरेको छ ।
वि.सं २०७२ असोज ३ गते संविधानसभाबाट निर्मित नेपालको संविधान जारी भएको दिनलाई राष्ट्रिय दिवसका रुपमा देश भरी बिभिन्न विशेष कार्यक्रम गरी मनाइन्छ ।
प्रकाशित मिति: २०२३-०९-२० , समय : १८:४६:३४ , 2 years अगाडि