सप्तरीको महादेवा गाउपालिकामा कामै नभएका योजनाको पेश्की दिई अनियमितता गरेको खुलासा ….
मिति: २०२३-०९-२३ , समय : ०८:४६:२२ , देबराम यादव
मिति: २०२३-०९-२३ , समय : ०८:४६:२२ , देबराम यादव
देबराम यादव
राजविराज ।
सप्तरीको महादेवा गाउँपालिकाले कामै नभएका योजना तथा कार्यक्रमको लाखौं पेश्की दिएर भ्रष्टाचार तथा अनियमितता गरेको आरोप स्थानियले लगाएका छन ।
महादेवा गाा.पा.मा आर्थिक वर्ष २०७९/०८० मा जनता आवास कार्यक्रम अन्र्तगत सुरक्षित नागरीक आवास कार्यक्रम वापत ९० जना विपन्न नागरीकलाई जस्ताको छाप्रो भएको घर निर्माणका लागी शर्सत अनुदानमा विनियोजित ६८ लाख ५० हजार रकम प्रमुख प्रशासकिय अधिकृत केशवकुमार झा,लेखापाल रमेशकुमार चौधरी,सह–लेखापाल हिरालाल यादव सहितको मिलीभगतमा सुचना प्रविधी अधिकृत सुरेन्द्र यादव(करार) कर्मचारीले पेश्की उठाई लाभग्राहीहरुलाई रकम नबाडी भ्रष्टाचार तथा अनियमितता गरेको खुलासा भएको हो ।
आर्थिक वर्ष २०७९/०८० मा ६८ लाख ५० हजार रकमवाट कुनै पनि विपन्न नागरीकलाई वितरण नगरी उक्त रकमको फर फारक आन्तरिक रुपमा मिलान गर्न महालेखा प्रतिवेदन(म.ले.प.) समेत गोप्य रुपमा गराउन खोजेको हुदाँ यस कार्यमा संलग्नलाई कानुनी कार्यवाहीका लागी अख्तियार दुरुपयोग अनुसंधान आयोग काठमाण्डौ र ईटहरीमा समेत उजुरी समेत दिएको नाम नबताउने शर्तमा जानकारी दिएका छन । अख्तियार दुरुपयोग अनुसंधान आयोगमा २०८० साल भदौ १७ गते सीटी ०१३७१४ दर्ता नम्बर रहेको उजुरीकर्ताले बताउनुभयो । ६८ लाख ५० हजार पेश्की भुक्तानी गरेको गाउँपालिकाद्वारा उपलब्ध गराएको एक तथ्यांकमा उल्लेख छ । पालिकाले सुरक्षित आवास कार्यान्वयन कार्यविधि २०७७ विपरीत कामै नभएका कार्यक्रममा बजेट निकासा गरि लाखौं रुपैयाँ अनियमितता गरेको हो ।
सुरक्षित नागरिक आवास कार्यान्वयन कार्यविधि २०७७ अनुसार ९० जनालाई ६८ लाख ५० हजार लाभग्राहीको खातामा रकम निकासा नदिई सुचना प्रविधी अधिकृत सुरेन्द्र यादव(करार) कर्मचारीले पेश्की उठाई ब्यक्तिगत खातामा राखी , लाभग्राहीको खातामा प्रथम किस्ता वापत ६० प्रतिशत काम सम्पन्न भए पछि दोश्रो किस्ता वापत ४० प्रतिशत भुक्तानी दिनु पर्ने सुरक्षित आवास कार्यान्वयन कार्यविधि २०७७ मा उल्लेख भए पनि भ्रष्टाचा्,अनियमितता गर्ने मनशायले प्रमुख प्रशासकिय अधिकृत केशवकुमार झा,लेखापाल रमेशकुमार चौधरी,सह–लेखापाल हिरालाल यादव सहितको मिलीभगतमा सुचना प्रविधी अधिकृत सुरेन्द्र यादव(करार) कर्मचारीको नाममा पेश्की उठाई कामै नगरेपछी लाभग्राहीहरुले सो घटनाको जानकारी पाए पछि सो घटनाको खुलासा भएको हो । सो घटना सम्बन्धमा गाउँपालिकाका अध्यक्ष सुनिल कुमार मण्डलले अनुगमन प्रतिबेदन र प्राविधिक मुल्यांकन प्रतिबेदन कागतको आधारलाई हेर्दा कामै बिनै निकासा दिएको स्पष्ट हुन गएकोले स्थलगत निरीक्षण गर्दा पनि भ्रष्टाचार तथा अनियमितता गर्ने मनशायले प्रमुख प्रशासकिय अधिकृत झा,लेखापाल चौधरी,सह–लेखापाल यादव सहितको मिलीभगतमा सुचना प्रविधी अधिकृत सुरेन्द्र यादव(करार) कर्मचारीको नाममा पेश्की उठाई कामै नगरेको तथ्य फेला परेको बताउनु भयो । उहाँले लाभग्राहीहरुले सो घटनाको जानकारी आफुलाई दिइ पछि सो घटनाको खुलासा भएको बताउनुभयो । गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत केशवकुमार झाले ९० जना विपन्न नागरीकलाई जस्ताको छाप्रो भएको घर निर्माणका लागी शर्सत अनुदानमा विनियोजित ६८ लाख ५० हजार रकम फ्रिज हुने देखेर आफुहरुले भ्रष्टाचार,अनियमितता नहोस भनेर यसै गापाका सुचना प्रविधी अधिकृत सुरेन्द्र यादव(करार) कर्मचारीको नाममा पेश्की उठाइ लाभग्रहीहरुलाई वितरण गर्ने मनशाय राखेर काम गरेको बताउनभयो । उहाँले यसमा कुनै किसिमको चलखेल भएमा राजस्व खातामा पेश्की रकम फिर्ता गर्ने समेत बताउनुभयो ।
प्रकाशित मिति: २०२३-०९-२३ , समय : ०८:४६:२२ , 2 years अगाडि