सप्तरीको तिलाठी काेईलाडी गाँउपालिकामा जेसिबिकाे नामबाट ब्रहमलुट… बिभिन्न ब्यक्तिलाई ४३ लाख दिए भुक्तानी

मिति: २०२३-०९-२३ , समय : ११:४२:११ , गामघर डेस्क

तस्बिर : सामाजिक सन्जालबाट

गामघर डेस्क

राजविराज |
सप्तरीको तिलाठी काेईलाडी गाँउपालिकाले जेसिबि प्रयाेग गरेकाे विभिन्न ब्यक्तिलाई ४३ लाख ३७ हजार ९ सय ६४ रूपैयाँ भुक्तानी गरिएको छ |

आर्थिक वर्ष २०७८/२०७९ मा पलिकाले निम्नअनुसारका भाैचरबाट जेसिबि प्रयाेग गरेकाे भनी देहायका ब्यक्तिहरूलाई रू ४३ लाख ३७ भुक्तानी गरेको पाइएकाे छ ।

भाैचर नम्बर ५४ बाट खर्च भएकाे रू ३२,५६०८८ र भाैचर नम्बर १६८ बाट खर्च भएकाे रू ३,७९,४८० काे सम्बन्धमा गाेश्वारा भाैचर बाहेक अन्य कागजात लेखापरीक्षणकाे क्रममा पेश हुन सकेन ।
अन्य दुईवटा भाैचरबाट भएकाे खर्चकाे सम्बन्धमा पलिकाले कुन स्थानमा के काम कति परिणाम भएकाे हाे भन्ने कुरा प्राबिधिकबाट एकिन नगरि केवल जेसिबि प्रयाेग भएकाे घन्टाको तेरिजकाे आधारमा उक्त रकम बिपिन्न प्रसाद सिहँ,जय प्रकाश चाैधरी ,कृष्ण चन्द्र राय लगायतलाई भुक्तानी दिएकाे महालेखा प्रतिवेदनमा उल्लेख गरिएकाे छ ।

प्रकाशित मिति: २०२३-०९-२३ , समय : ११:४२:११ , 2 years अगाडि

यहाँ कमेन्ट गर्नुहोस्
सम्बन्धित