सप्तरीको छिन्नमस्ता गाउपालिकामा भ्रष्टाचार विरूद्ध हुने जनजागरण तथा भण्डाफाेर अभियान
मिति: २०२३-०९-२६ , समय : ०८:३६:१५ , गामघर डेस्क
मिति: २०२३-०९-२६ , समय : ०८:३६:१५ , गामघर डेस्क
गामघर डेस्क
छिन्नमस्ता । सप्तरीको छिन्नमस्ता गाउपालिकामा भएको भ्रष्टाचार बिरुद्धकाे नेकपा (एस) काे भणडाफोर अभियान जारी छ । साेहि क्रममा सप्तरीको छिन्नमस्ता गाउँ कमिटी वडा न.६ का वडा अध्यक्ष रामचन्द्र मण्डलको अध्यक्षतामस गाउपालिकामा भई राखेकाे भ्रष्टाचार विरूद्धमा घाेषित जन जागरण तथा भण्डाफाेर कार्यक्रम अन्तर्गत वडा नं.-६ काे कोचाबखरी स्थित वार्ड कार्यालयको प्राङ्गणमा अायाेजना गरेको थियाे । उक्त कार्यक्रममा गाउपालिकाका प्रत्यासी अध्यक्ष पदका उमेदवार एवम् जिल्ला सचिवालय सदस्य जय प्रकाश यादव, वडा नं.३ वडा कमिटीका वडाध्यक्ष भागवत साह,गाउँ कमिटी सदस्य रामबाेल सुतिहार,युवा नेता ई.प्रदीप मण्डल ,पंकज मण्डल ,युवा संघ नेपालकाे क्षेत्रीय ईन्चार्ज रमानन्द मण्डल लगायतका वक्ताहरूले कार्यक्रमकाे अौचित्यकाे बारेमा प्रष्ट पार्नु भएकाे थियाे। साथै अाज मङ्गलवार छिन्नमस्ता गाउपालिका वडा नं.-७ हाटी गाँउमा उक्त कार्यक्रम राखिएकाले भ्रष्टाचार विरूद्ध हुने जनजागरण तथा भण्डाफाेर कार्यक्रममा सहभागी भईदिनु हुन अनुरोध समेत गरेको छ।
भ्रष्टाचार मुक्त तथा सुशासन युक्त गाउँ पालिका हाम्रो अभियानका साथ विगत केही दिनदेखि लगातार छिन्नमस्ता गाउपालिकाकाे विभिन्न वडामा साे अभियान सन्चालन गरेको स्थानीय युवा नेता जय प्रकाश यादव जेपिले जानकारी दिनुभयो ।
प्रकाशित मिति: २०२३-०९-२६ , समय : ०८:३६:१५ , 2 years अगाडि