सुनसरीमा १ सय २० केजी गाँजासहित ६ जना पक्राउ
मिति: २०२३-०९-३० , समय : ०९:५८:२२ , गामघर डेस्क
मिति: २०२३-०९-३० , समय : ०९:५८:२२ , गामघर डेस्क
गामघर डेस्क
सुनसरी । सुनसरीको बराहक्षेत्र नगरपालिका-१ चतरापुल नजिकै १ सय २० केजी गाँजासहित प्रहरीले ६ जनालाई पक्राउ गरेकाे छ ।
प्रहरीले बराहक्षेत्र जाने सडकबाट हिजाे प्रदेश १–०२–०५० प ६३०४ नम्बरको माेटरसाइकल र बीआर ०२ आर ९९९४ नम्बरको जीपमा लैजाँदै गरेकाे गाँजासहित उनीहरुलाई पक्राउ गरेकाे हाे।
पक्राउ पर्नेमा भारतका ३६ वर्षीय महोम्मद सिराज, २० वर्षीय अस्ताजु आलम, १९ वर्षीय नसिम आलम, ५२ वर्षीय ओम प्रकाश रजक, सुनसरीका देवनागञ्ज गाउँपालिका ५ बस्ने ३१ वर्षीय ओम प्रकाश साह र २० वर्षीय शिवम साह रहेका छन् ।
नियन्त्रणमा लिएकाे गाँजा, जीप, माेटरसाइकल र पक्राउ परेका छ जनालाई जिल्ला प्रहरी कार्यालय सुनसरीमा लगिएकाे प्रहरीले जनाएकाे छ ।
प्रकाशित मिति: २०२३-०९-३० , समय : ०९:५८:२२ , 2 years अगाडि