मधेस प्रदेश : राजमार्गमा सशस्त्र प्रहरीले नियम बिपरित चेकिङ्गकाे नाममा सवारीसाधन रोकेर सर्वसाधारणलाई दुख दिने गरेको खुलासा

मिति: २०२३-१०-०८ , समय : २१:२४:३४ , गामघर डेस्क

तस्बिर : गामघर टिभिबाट

गामघर डेस्क

जनकपुर । राज्यले सशस्त्र प्रहरी बललाई राजमार्गमा सवारीसाधन रोकेर चेकजाँच गर्ने अधिकार दिएको छैन । चेकजाँच गर्नुपर्ने भए वा त्यस्ता शंकास्पद गतिविधि भएमा पनि नेपाल प्रहरीको अगुवाइमा चेकजाँच गर्नुपर्ने हुन्छ । तर कमजोर सरकार , गृह प्रशासन नबुझेका गृहमन्त्री र हामीले जे गरेपनि हुन्छ भन्ने सशस्त्र प्रहरीको सोचको कारण पनि होला अहिले सशस्त्र प्रहरीले राजमार्गमा चेकजाँचका नाममा खुलेयाम रकम असुली गर्ने काम भैरहेको छ। यसको उदाहरण बाराको पथलैंयामा खुलेयाम देख्न सकिन्छ ।
पथलैंयामा सशस्त्र प्रहरी बलको प्राविधिक शिक्षालय रहेको छ। उक्त शिक्षालयमा प्रमुखको रूपमा एसपी नानी राम हुमागांई रहेका छन् । उक्त तालिम केन्द्र अगाडि मात्रै होइन पथलैंया चोक नजिकै सशस्त्र प्रहरीको दिनहुँ चेकजाँच रहेको हुन्छ । उक्त चेकजाँच गर्ने तालिमेहरू नै हुन्छन् । रातिको समयमा तालिमेले चेकजाँच गर्ने भएकोले होला झन्डै तीन किलोमिटर सम्म जाम हुने गर्दछ। यति अस्तव्यस्त हुन्छ कि मानौं देशमा फेरि सशस्त्र द्वन्द्व शुरू भएको छ ।त्यसैको लागि यो सबै चेकजाँच भएको हो । तर यो अवस्था पनि छैन तर पनि पथलैंयामा दिनहुँ सांझको समयमा किलोमिटरका किलोमिटर जाम गरेर सशस्त्र प्रहरीले अनावश्यक चेकजाँच गरेर सर्वसाधारणलाई दुख दिने काम गरेको छ। अधिकार नै नभएको अधिकार प्रयोग गरेर सर्वसाधारणलाई घण्टौं रोकेर दुख दिने काम सशस्त्र प्रहरीले गरिरहेको छ । एसपी नानी राम हुमांगाईले घुमुवाको रूपमा बरिष्ठ हवल्दार गणेश पन्त परिचालन गरेका छन् । घुमुवा पन्त यसअघि बारा र पर्साका धेरै बिओपी र बेशमा घुमुवा भएर परिचालन भएका बदनाम भएका प्रहरी हुन । उनले घुमुवा हुदां धेरै व्यापारी र तस्करहरूलाई चिनेको कारण पनि अहिले शिक्षालयको घुमुवा भए पनि गणको घुमुवा झैं रकम असुुली गरिरहेका छन् । एसपी हुमागांईले यिनै बदनाम गणेश पन्तलाई घुमुवाको रूपमा परिचालन गरेका छन् । सर्वसाधारण घण्टौं जाममा परेर धेरै पटक बिरोध भए पनि सशस्त्र प्रहरीको यो गैरकानुनी चेंकिङ भने रोकिएको छैन ।

प्रकाशित मिति: २०२३-१०-०८ , समय : २१:२४:३४ , 2 years अगाडि

यहाँ कमेन्ट गर्नुहोस्
सम्बन्धित