सप्तरीकाे महादेवा गापामा नेकपा (माओवादी केन्द्र) काे वडा स्तरीय भेला सम्पन्न
मिति: २०२३-१०-१० , समय : १४:०६:२८ , गामघर डेस्क
मिति: २०२३-१०-१० , समय : १४:०६:२८ , गामघर डेस्क
गामघर डेस्क
राजविराज ।
नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) सप्तरी कमाण्ड १ को आयोजनामा वडा स्तरीय अगुवा कार्यकर्ता भेला सप्तरीकाे महादेवा गाउँपालिकाले वार्ड नं.१ सोनरामा सम्पन्न गरेका छ । नेकपा माओवादीका .मो सकुरको अध्यक्षता तथा माओवादी केन्द्रका केन्द्रिय सदस्य राम कुमार शर्माको प्रमुख अतिथिमा कार्यक्रम सम्पन्न भएको छ। पार्टीको उपलब्धिको प्रचार प्रसार गरेर जनता समक्ष गएर ३ महिने अभियान संग जोडिन पार्टीका नेता,कार्यकर्तालाई आगूह गर्नु भयो । अहिले ब्यवस्था फेरिए पनि आम जनताको अबस्थामा परिर्वतन नभएकोले मुलुकमा सुशासन,समबृद्घि र सामाजिक न्यायको पक्षमा पार्टी नेतृत्व एक पछि अर्को भ्रष्टाचारीहरुको फाइल खोलि रहेको बताउनु भयो ।
सो अवसरमा पूर्व जिल्ला सदस्य तथा पालिका ईन्चार्य एवम गाउँपालिकाका अध्यक्षका प्रत्यासी उम्मेदवार दिपेन्द्र माझी ,पुर्व जिल्ला सदस्य केदार देव, मुसलिम मुक्ति मोर्चाका जिल्ला संयोजक मो.डोमन, ,अखिल नेपाल महिलासध महादेवा गापाका संयोजक शोभा कुमारी ठाकुर, गाउँपालिका १का वडाध्यक्षका प्रत्यासी उम्मेदवार राधेश्याम यादव, रेशमी देवी सदा ,मों इसमाइल ,जुगेश्वर मण्डल लगायतले पार्टीको ३ महिने अभियान सफल पार्न आ आफनो शुभ कामना तथा मन्तब्य दिएका थिए ।
सो अवसरमा प्रेस सेन्टरका केन्द्रिय सल्लाहकार तथा प्रकाशन,प्रसारण विभागका सदस्य देवराम यादव, पुर्व जिल्ला सदस्य भन्नालाल यादव,अखिल(क्रां) का नेता रञ्जीत मण्डल,सुरेन्द्र यादव,राम नारायण सरदार लगायतको उपस्थिती रहेको थियो । अभियान टोलीमा मों सकुर, फुलो देवी सदा,शिवराम यादव,शोभा कुमारी ठाकुर,रबिना ठाकुर,योगेन्द्र यादव,प्रमोद कुमार सदा,दुखी राम, बेचन यादव लगायत रहेका छन ।
प्रकाशित मिति: २०२३-१०-१० , समय : १४:०६:२८ , 2 years अगाडि