सप्तरीको छिन्नमस्ता स्थित सखडामा दोस्रो राष्ट्रिय खुल्ला अध्यक्ष कप भलिबल प्रतियोगिता शुरु

मिति: २०२३-१०-१७ , समय : २०:३३:३८ , गामघर डेस्क

तस्बिर : कपिल मुखियाकाे फेसबुकवालबाट

गामघर डेस्क

राजविराज । सप्तरीको छिन्नमस्ता गाउँपालिकाद्वारा आयोजित दोस्रो राष्ट्रिय खुल्ला अध्यक्ष कप भलिबल प्रतियोगिता २०८० मङ्गलबारदेखि शुरु भएको छ । उक्त खेलको उदघाटन छिन्नमस्ता गाउँपालिका अध्यक्ष विद्यानन्द चौधरीले गर्नुभएको छ । आजको उक्त खेल उदघाटन कार्यक्रमको अध्यक्षता गाउँपालिका उपाध्यक्ष राजुदेवी यादवले गर्नुभएको थियो साथै विशिष्ट अथितिको रुपमा ७ वटै वडाको वडा अध्यक्षहरु विभिन्न पार्टीका स्थानीय गाउँपालिका नेता, बुद्धिजीवी, पत्रकार लगायत आम जनताहरुको उपस्थिती रहेको थियो।
आजको पहिलो दिनको खेल न्यु श्री रामजानकी युवा क्लब खुरहुरीया भर्सेज छिन्नमस्ता युवा क्लब सखडा बिच भएको थियो। बेस्ट अफ ५ को खेलमा छिन्नमस्ता युवा क्लबले विजयी हाँसिल गर्यो।
छिन्नमस्ता युवा क्लबले ५ अंक प्राप्त गरेको थियो भने रामजानकी युव क्लबले ४ अंक प्राप्त गरेको थियो।


स्मरण रहाेस सप्तरीको छिन्नमस्ता गाउँपालिकाले गत वर्ष २०७९ देखि हरेक वर्ष आफ्नो आयोजनामा विजया दशमीको उपलक्ष्यमा भलिबल प्रतियोगिता संचालन गर्दै आएको हो।

प्रकाशित मिति: २०२३-१०-१७ , समय : २०:३३:३८ , 2 years अगाडि

यहाँ कमेन्ट गर्नुहोस्
सम्बन्धित