आज महानवमी : हर्षोल्लासकासाथ दुर्गा भवानीको पूजा आराधना गरी मनाइँदै ,छिन्नमस्ता तथा कङ्कालिनि मन्दिरमा भक्तजनहरुकाे भिड
मिति: २०२३-१०-२३ , समय : ०८:५७:२१ , गामघर डेस्क
मिति: २०२३-१०-२३ , समय : ०८:५७:२१ , गामघर डेस्क
गामघर डेस्क
काठमाण्डाै । आश्विन शुक्ल नवमीका दिनमा मनाइने महानवमी पर्व । आज हर्षोल्लासकासाथ दुर्गा भवानीको पूजाआराधना गरी मनाइँदैछ ।
नवरात्रको अन्तिम दिन आज दुर्गा भवानीको पूजा गरी घटस्थापनाका दिनमा राखिएको जमरा विभिन्न शक्तिपीठमा लगेर चढाइन्छ ।
दशैँघर र कोत लगायत विभिन्न देवी मन्दिर र शक्तिपीठमा दुर्गा भवानीको विशेष पूजा हुन्छ । महानवमीका अवसरमा कोतहरूमा हर्षबढाइँका साथ कोतपूजा र निशानापूजा पनि गरिन्छ ।
साेहि अवसरमा सप्तरीको छिन्नमस्ता गाउपालिका स्थित सखडेश्वरि मन्दिरमा नेपाल सहित छिमेकी भारतबाट हजारौं भक्तजनहरु बिहानैदेखि पुजाअाजा गर्नेहरुकाे भिड लागेको मन्दिरका पिठाधिश महाकान्त ठाकुरले जानकारी दिनुभयो । त्यस्तै सप्तरीको हनुमाननगर कङ्कालिनि नगरपालिका स्थित भारदहकाे प्रसिद्ध कङ्कालिनि मन्दिरमा प्रत्येक बर्ष झे यसवर्ष पनि राङ्गाकाे बलि प्रदान हुने अायाेजकले जनाएको छ ।
वडा दशै भरि साे मन्दिरमा नेपालकाे विभिन्न जिल्लाका साथै छिमेकी भारतबाट समेत हजारौं भक्तजनहरु पुजापाठ तथा राङ्गाकाे बलि दिन अाउने गरेको छ ।
यस अवसरमा हनुमानढोका दरबारका साथै नेपाली सेनाका ब्यारेक र गुल्महरूमा बाजागाजासहित जङ्गी निशाना पूजा र कोतपूजा गर्ने प्रचलन छ । यसैबीच हनुमानढोका दरबारमा रहेकाे वर्षमा एकपटक महानवमीका दिन मात्र खुल्ने तलेजु भवानीको मन्दिर पनि आजैको दिन खुल्ने गर्दछ ।
प्रकाशित मिति: २०२३-१०-२३ , समय : ०८:५७:२१ , 2 years अगाडि