नेकपा (माओवादी केन्द्र)द्वारा सप्तरीको महादेवामा शुभकामना आदान प्रदान कार्यक्रम
मिति: २०२३-१०-२६ , समय : १४:५४:१९ , गामघर डेस्क
मिति: २०२३-१०-२६ , समय : १४:५४:१९ , गामघर डेस्क
गामघर डेस्क
राजविराज ।
सप्तरीको महादेवा गाउँपालिकामा नेकपा (माओवादी केन्द्र)को आयोजनामा शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न गरेको छ ।
महादेवा गाउँपालिकाको अध्यक्ष पदको प्रत्यासी दिपेन्द्र माझीको अध्यक्षता तथा नेपाल कम्यूनिष्ट पार्टी(माओवाद्र केन्द्र)को केन्द्रिय सदस्य तथा सविधान सभा सदस्य अशोक कुमार मंडल(अमर)को प्रमुख आतिथ्यमा सो कार्यक्रम सम्पन्न भएको हो ।
आयोजित कार्यक्रममा प्रमुख अतिथी मंडलले माओवादी जनयुद्धको कारण देशमा ठूलो परिवर्तन आएको बताउनु भयो । सवैकिसिमको भेदभावको अन्त्य माओवादीले गरेको तथा अहिले पनि गरिब र पिडितहरुको समस्या समाधान तर्फ बर्तमान सरकार लागि परेको बताउनु भयो ।
सोही कार्यक्रममा माओवादी केन्द्रको केन्द्रिय सदस्य तथा पुर्व विधायक सूर्यनाथ यादव(सुभाष)ले नेपाली नागरिकलाई भुटानी शरनार्र्थी बनाएर विदेश पठाउनेलाई सरकारले कार्वाही गरेको बताउनु भयो । आयोजित सोही कार्यक्रममा केन्द्रिय सदस्य तथा मधेस प्रदेसका पुर्व मन्त्रि रुवी कर्णले समान्ती राज्यको अन्त्य माओवादी सरकारले गरेको बताउनुहुदै उहाँले कुनै पनि पार्टीले गर्न नसकेको काम माओवादीले शिक्षा,स्वास्थ्य लगायतको क्षेत्रमा दलित र पिछडिएको क्षेत्रको कोटा छुटयाएको बताउनुभयो ।
प्रेस सेन्टर नेपालको केन्द्रिय सल्लाहकार तथा प्रचार प्रसार विभागको सदस्य देवराम यादवले महादेवा गाउँपालिकामा भ्रष्टाचार बढ््दै गएकोले खवारदारी गर्नु जरुरी रहेको बताउनु भयो । कार्यक्रममा युवा पत्रकार विन्दु कुमार यादवले कुनै पनि निकायमा भ्रष्टाचार गर्नु कानुनी अपराध रहेकोले यस्ता अपराध गर्नेहरुलाई कार्वाही गर्नुपर्नेमा जोड दिनु भयो ।
माओवादी केन्द्र महादेवा गाउँपालिकाद्वारा आयोजित विजया दशमी,शुभ दिपावली एवं छठ पर्वको अवसरमा आयोजित शुभकामना आदान प्रदान कार्यक्रममा मुश्लिम मुक्ति मोर्चा सप्तरीको संयोजक मो डोमन, प्रेस सेन्टर नेपाल मधेस प्रदेस सचिव ध्रुव कुमार मण्डल, रामचन्द्र मण्डल ,राम नारायण सरदार लगायतकाहरुले आ आफना विचार व्यक्त गरेका थिए ।
प्रकाशित मिति: २०२३-१०-२६ , समय : १४:५४:१९ , 2 years अगाडि