सप्तरीमा पाँच राउण्ड गोलीसहित दुई जना युवक पक्राउ
मिति: २०२३-११-०८ , समय : १९:३८:४३ , गामघर डेस्क
मिति: २०२३-११-०८ , समय : १९:३८:४३ , गामघर डेस्क
गामघर डेस्क
राजविराज ।
सप्तरीमा पाँच राउण्ड गोलीसहित दुई जनालाई सप्तरी प्रहरीले पक्राउ गरेको छ । जिल्लाको खडक नगरपालिका वडा नं.११ बनौली स्थित हुलाकी सडक खण्डमा बिशेष सुचनाको आधारमा इलाका प्रहरी कार्यालय कल्याणपुर सप्तरीबाट खटिएको प्रहरी टोलिले सिराहाको लक्ष्मिपुर पतारी गाउपालिका वडा न.२ का १९ वर्षिय धर्मजीत कुमार यादवको साथबाट ५ राउण्ड राईफलको(३०३) गोलि फेला परेको र निजको साथमा रहेको सप्तरीकाे खडक नगरपालिका वडा न.११ बनौलीका १८ वर्षिय हरी शंकर कुमार यादवलाई समेत पक्राउ गरीएको जिल्ला प्रहरी कार्यालय सप्तरीका सुचना अधिकारी एव डिएसपि ढुण्डिराज नेउपानेले जानकारी दिनुभयो । उहाँका अनुसार प्रकाउ परेकालाई मुलूकी अपराध संहिता २०७४ अन्तर्गत हात हतियार तथा खरखजना सम्बन्धी कसूरमा सप्तरी जिल्ला अदालतबाट दिन ३ (तिन) को म्याद थप समेत भई अनुसन्धान कार्य भई रहेको बताउनु भयो ।
प्रकाशित मिति: २०२३-११-०८ , समय : १९:३८:४३ , 1 year अगाडि