कञ्चनपुरमा श्रीमान्-श्रीमती मृत अवस्थामा फेला

मिति: २०२३-११-१२ , समय : १४:४९:३२ , गामघर डेस्क

फाइल फाेटाे

गामघर डेस्क

कञ्चनपुर । कञ्चनपुरको लालझाडी गाउँपालिका–१ बिनबारीमा एक दम्पती आफ्नै घरमा मृत फेला परेका छन् । बिनबारीका २६ वर्षीय श्यामकुमार राना र उहाँकी पत्नी २५ वर्षीया पुष्पा राना आज घरभित्र झुण्डिएको अवस्थामा फेला परेका हुन् ।

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक प्रकाश डाँगीले राना दम्पती मृत फेला परेका विषयमा प्रहरीले अनुसन्धान थालेको जानकारी दिनुभयो ।

‘घटनाबारे त्रिभुवनबस्तीबाट प्रहरी टोली पुगेर अनुसन्धान गरिहेको छ’ उहाँले भन्नुभयो– ‘श्यामका माइती पक्षलाई पनि घटनास्थलमा बोलाएर अनुसन्धान भइरहेको छ ।’

प्रकाशित मिति: २०२३-११-१२ , समय : १४:४९:३२ , 1 year अगाडि

यहाँ कमेन्ट गर्नुहोस्
सम्बन्धित