सुनसरीमा भएका छुट्टाछुट्टै दुर्घटनामा दुई जनाको मृत्युु

मिति: २०२३-११-१६ , समय : ०९:४२:५५ , गामघर डेस्क

फाइल फाेटाे

गामघर डेस्क

सुनसरी । सुनसरीमा भएका छुट्टाछुट्टै दुर्घटनामा दुई जनाको मृत्युु भएको छ । धरान उपमहानगरपालिका–६ मालपोत चोकमा गएराति भएको दुर्घटनामा मोरङको केराबारी गाउँपालिका–५ का ३४ वर्षीय पदमबहादुर लिम्बूको ज्यान गएको प्रहरी नायब उपरीक्षक नवीनकृण भण्डारीले जानकारी दिनुभयो ।

दुर्घटनामा त्यही ठाउँकी २३ वर्षीया जेनिशा मगर, ४५ वर्षीया अञ्जना मगर र २४ वर्षीया रबिना मगर घाइते भएका छन् । को २ ह ५५६५ नम्बरको टेम्पो अनियन्त्रित भइ दुर्घटना भएको प्रहरीले जनाएको छ ।

त्यसैगरी मोटसाइकलले ठक्कर दिँदा गम्भीर घाइते भएका सुनसरीको इनरुवा–३ का ६० वर्षीय बालकुमार खतिवडाको ज्यान गएको छ । बा२७प ८७०१ नंको मोटरसाइकलले उहाँलाई ठक्कर दिएको हो ।

खतिवडाको विराटनगरस्थित नोबेल अस्पतालमा उपचारका क्रममा ज्यान गएको भएको जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरी नायब उपरीक्षक भण्डारीले जानकारी दिनुभयो ।

प्रकाशित मिति: २०२३-११-१६ , समय : ०९:४२:५५ , 1 year अगाडि

यहाँ कमेन्ट गर्नुहोस्
सम्बन्धित