मधेस प्रदेश : स्कुल बसले ठक्कर दिँदा एक जना विद्यार्थीको मृत्युु

मिति: २०२३-११-२२ , समय : १०:३८:५८ , गामघर डेस्क

फाइल फाेटाे

गामघर डेस्क

जनकपुर । मधेस प्रदेशको सर्लाहीको हरिपुर नगरपालिका–८ जुटपानीमा हिजो मंगलवार स्कुल बसले ठक्कर दिँदा एक जना विद्यार्थीको मृत्युु भएको छ ।

लालबन्दी–१ नवलपुरमा रहेको जेआईसी बोर्डिङ स्कुलको बसले ठक्कर दिँदा त्यसै विद्यालयको एलकेजीमा पढ्ने हरिपुर नगरपालिका–८ घरभइ लालबन्दी नगरपालिका–२ बस्ने वीरेन्द्र पासवानका ६ का वर्षीय छोरा आदित्य पासवानको ज्यान गएको हो।

बसको ठक्करबाट गम्भीर घाइते भएका आदित्यको उपचारको क्रममा ज्यान गएको इलाका प्रहरी कार्यालय हरिपुरका प्रहरी निरीक्षक ठाकुर प्रसाद सापकोटाले जानकारी दिनुभयो । चालकलाई इलाका प्रहरीले नियन्त्रणमा लिएको छ ।

प्रकाशित मिति: २०२३-११-२२ , समय : १०:३८:५८ , 2 years अगाडि

यहाँ कमेन्ट गर्नुहोस्
सम्बन्धित