सप्तरीमा सशस्त्र प्रहरीद्वारा पेस्तोल र गोली बरामद

मिति: २०२३-११-२८ , समय : १०:४४:४० , गामघर डेस्क

तस्बिर : सामाजिक सन्जालबाट

गामघर डेस्क

राजविराज ।
सप्तरीमा सशस्त्र प्रहरीले कटुवा पेस्तोल र गोली बरामद गरेको छ ।

जिल्लाको बलान–बिहुल गाउँपालिका वडा न.४, वेल्हीबाट आइतबार पेस्तोलसहित दुई राउन्ड गोली बरामद गरेको सशस्त्र प्रहरीले जनाएको छ ।

मोटरसाइकलमा नेपालबाट भारततर्फ जाँदै गरेका व्यक्तिले बीओपी बेल्हीको टोलीलाई देख्नासाथ उनीहरूले बोकेको कपडाको पोका छाडी फरार भएका थिए ।

फरार भएपछि सो पोका चेकजाँच गर्दा कटुवा पेस्तोल र गोली फेला परेको थियो ।

सशस्त्र प्रहरी नायव उपरीक्षक शैलेन्द्र थापाले बरामद पेस्तोल र गोली जिल्ला प्रहरी कार्यालय सप्तरी राजविराजमा बुझाइएको जानकारी दिनुभयो ।

प्रकाशित मिति: २०२३-११-२८ , समय : १०:४४:४० , 2 years अगाडि

यहाँ कमेन्ट गर्नुहोस्