सप्तरीमा अलपत्र रामराजा प्रसाद सिंह स्वास्थ बिज्ञान प्रतिस्ठान सुचारूकाे माग गर्दै दिउँसै लाइट जुलुस प्रदर्शन
मिति: २०२३-११-२९ , समय : १६:४३:४८ , गामघर डेस्क
मिति: २०२३-११-२९ , समय : १६:४३:४८ , गामघर डेस्क
गामघर डेस्क
राजविराज । सप्तरी युथ नेपालले रामराजाप्रसाद सिंह स्वास्थ बिज्ञान प्रतिस्ठानको काम अबिलम्ब सुचारू गर्नको लागि सुरु गरिएको आन्दोलनलाई अाज पनि निरंतरता दिएको छ ।
आज दिउसै लाइट बालेर स्वास्थ मन्त्रालयमा रोकिएको फाइल लाई अगाडि बढाउन जोडदार माग गरेको छ । दिउसै बति बालेर सान्सद र बजेटलाई खोज्दै छौँ भनेर ब्यानर देखाएर बिरोध जनाएको छ ।
यो बिषय सप्तरी युथ नेपालको नभएर पुरै सप्तरीबासिको भएकोले सबैलाई आ आफनो ठाउबाट यसमा सहयोग गर्नको निम्ति सबै पक्ष सग हार्दिक अपिल पनि गरेको छ । आज पनि राज रंगशालाबाट निस्केको र्यालि नगर परिक्रमा पश्चात नेता चौकमा गएर कोणसभामा परिणत भएको थियो ।
आन्दोलन समितिको सन्योजक सत्येन्द्र यादवको अधक्षयतामा भएको कार्यक्रममा बिभिन्न बक्ताहरुले आफ्नो मन्तब्य राख्ने क्रममा यो बिषयमा सरकार गम्भीर नभए यसबाट दुख पाउने सप्तरीबासि नै हो त्यसैले सरकार लगायत सप्तरीका सभासदहरुलाइ एक भएर यसमा लाग्न अनुराेध समेत गरेको छ ।
सप्तरी युथ नेपालका सदस्य मुस्तकिन आलम, बसन्त यादव ,सुरज यादव, पसुपति कर्ण , अनिल यादब , रिले अनसनका सन्योजक राम कुमार दास र नेबिसङ्घका केन्द्रीय सदस्य तिर्थ नारायण दास लगायतकाहरुले आ आफ्नो मन्तव्य राखेको थियोे भने कार्यक्रमको सन्चालन सप्तरी युथ नेपालका कावा अध्यक्ष मोहन कुमार यादवले गरेको थियो ।
भोलि बिहिवारको कार्यक्रम जिल्ला प्रशासन कार्यालयको अगाडि १ घन्टा धर्ना दिने कार्यक्रम रहेको अायाेजकले जनाएको छ ।
प्रकाशित मिति: २०२३-११-२९ , समय : १६:४३:४८ , 1 year अगाडि