सप्तरी युथ नेपालद्वारा जिल्ला प्रशासन कार्यालय सप्तरीको अगाडी धर्ना र प्रदर्शन

मिति: २०२३-११-३० , समय : १५:०२:१४ , गामघर डेस्क

तस्बिर : सामाजिक सन्जालबाट

गामघर डेस्क

राजविराज । सप्तरीमा अलपत्र रामराजा सिंह स्वास्थ्य बिज्ञान प्रतिष्ठान अबिलम्ब निर्माण गर्न माग गर्दै बिहिवार जिल्ला प्रशासन कार्यालय सप्तरीको अगाडी सप्तरी युथ नेपालद्वारा धर्ना दिएर प्रदर्शन गरेको छ ।

सप्तरी युथ नेपाल अन्तर्गतको आन्दोलन परिचालन समितिका संयोजक सत्येन्द्र यादवको अध्यक्षतामा अायाेजित साे धर्नामा राम कुमार दास, राजबिराज नगरपालिका प्रबक्ता युवा नेता एव वडा न. ८ का वडाअध्यक्ष जय नारायण मण्डल , सप्तरी युथ नेपालका सदस्य मुस्तकिन आलम ,सुरज यादव, बसन्त यादव, अनिल यादव ,एलिस यादव ,ओमकार कर्ण,कारण शर्मा सहितका युवाहरूकाे सहभागीता रहेको थियोे । सरकारलाई अबिलम्ब प्रतिस्ठानको निर्माण शुरु गर्न आग्रह गरे । उनीहरूले काम शुरु नगरेसम्म आन्दोलन जारी राख्ने आन्दोलन परिचालन समितिका संयोजक सत्येन्द्र यादवले जानकारी दिनुभयो ।

आन्दोलन अन्तर्गत भाेलि शुक्रबार पनि जिल्ला प्रशासन कार्यालय सप्तरीको मुल गेटमा दुई घन्टा धर्ना दिने र प्रदर्शन गर्ने कार्यक्रम रहेको कार्यवाहक अध्यक्ष मोहन यादवले जानकारी दिनुभयो ।

तत्कालिन प्रधानमन्त्री केपी शर्मा ओलीद्वारा राजविराज नगरपालिका वडा नम्बर १० बिरौलस्थित स्वास्थ्य विज्ञान प्रतिष्ठान शिलान्यास गरिएको थियो । २२ असार २०७८ मै ओलीले भर्चुअल माध्यमबाट शिलान्यास गरेपनि काम अझै अघि बढ्न सकेको छैन् ।

यता प्रतिष्ठान निर्माणस्थलमा बोर्ड राख्ने, जग्गा तारजालीले घेरबार गर्ने र डिपिआर बनाउनेबाहेक अन्य काम अघि बढ्न सकेको छैन् ।

प्रकाशित मिति: २०२३-११-३० , समय : १५:०२:१४ , 2 years अगाडि

यहाँ कमेन्ट गर्नुहोस्