सप्तरीको कुशहाबाट ब्राउन सुगरसहित एक युवक पक्राउ

मिति: २०२३-१२-०९ , समय : १६:२८:४३ , गामघर डेस्क

तस्बिर : सामाजिक सन्जालबाट

गामघर डेस्क

राजविराज ।
सप्तरी प्रहरीले ब्राउन सुगरसहित एक युवकलाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा सप्तरीको सुरुङ्गा नगरपालिका वडा न.५ कुशाहा टोल बस्ने २७ वर्षीय उमेश चौधरी रहेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।

शनिबार साँझ चौधरीलाई इलाका प्रहरी कार्यालय कडोरवानाबाट खटिएको प्रहरी टोलिले सुरुङ्गा ५ कुशाहा टोल सडकखण्डमा शंकाको आधारमा शरिर खानतलासी गर्दा उनले लगाएको जिन्स पेन्टबाट ०.३५ मिलिग्राम ब्राउन सुगर जस्तो पदार्थ बरामद भएको प्रहरी प्रवक्ता एव डिएसपि ढुण्डीराज नेउपानेले जानकारी दिनुभयो ।

यता साे सम्बन्धमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।

प्रकाशित मिति: २०२३-१२-०९ , समय : १६:२८:४३ , 2 years अगाडि

यहाँ कमेन्ट गर्नुहोस्
सम्बन्धित