सप्तरीकाे राजविराजमा मैथिली खुल्ला लाेक नृत्य प्रतियोगिता हुने

मिति: २०२३-१२-२२ , समय : ०८:१२:१२ , गामघर डेस्क

तस्बिर : सामाजिक सन्जालबाट

गामघर डेस्क

राजविराज । सप्तरीमा मैथिली खुल्ला लाेक नृत्य प्रतियोगिता आयोजना हुने भएको छ । सप्तरी कलाकार संघले आगामी माघ ६ गते सप्तरीको सदरमुकाम राजविराजमा खुल्ला लाेक नृत्य प्रतियोगिताको आयोजना गर्ने भएको छ ।
लोप हुँदै गएको लोक नृत्यको संरक्षण र सम्बर्द्धन गर्न यो प्रतियोगिताको आयोजना गर्न लागिएको आयोजकले जानकारी दिएकाे छ । आयोजकले दिएको जानकारी अनुसार साे प्रतियोगितामा झिझिया, जाटजाटिन, सामाचकेवा, डोम कछ र सरस्वती बन्दना नृत्यलाई पहिलो प्रार्थमिकता दिएको आयोजक सप्तरी कलाकार संघका करण कुमार शर्माले जानकारी दिनुभयो ।
उनले प्रतियोगितामा सामुदायिक तथा निजि विद्यालय, संघ-संस्थाले पनि प्रतियोगिताका निम्ति आवेदन दिन सक्ने तथा आवेदन पुस २१ गतेसम्म दिन सकिने बताउनुभयो । उक्त प्रतियोगितामा मैथिली, नेपाली र थारु भाषाकाे लाेक नृत्य प्रस्तुत गर्न सकिने अायाेजकले जनाएको छ ।

उक्त प्रतियोगितामा प्रथम हुनेलाई रु १ लाख, दोस्रो हुनेलाई रु ५० हजार र तेस्रो हुनेलाई रु २५ हजार पुरस्कार उपलब्ध गराउने आयोजकले जनाएको छ ।

प्रकाशित मिति: २०२३-१२-२२ , समय : ०८:१२:१२ , 1 year अगाडि

यहाँ कमेन्ट गर्नुहोस्
सम्बन्धित