भारतमा फेरि फैलिदै कोरोना: चार जनाको मृत्यु, तीन हजार बढी संक्रमित

मिति: २०२३-१२-२३ , समय : २२:३७:५८ , गामघर डेस्क

फाइल फाेटाे

गामघर डेस्क

भारत ।
भारतमा कोभिड संक्रमितमध्ये चार जनाको मृत्यु भएको छ । कोभिडको संक्रमण बढेपछि सर्तकर्ता बढाइरहेको भारतमा हालै ४चारजनाको मृत्यु भएको हो । भारतीय सञ्चार माध्यमका अनुसा कोभिडका कारण केरलामा थप दुई जनाको मृत्यु भएको छ भने देश भरीमा कुल संक्रमितको संख्या ३ हजार नाघेको छ ।

कोरोनाका कारण पछिल्लो २४ घण्टामा ४ जनाको मृत्यु भएको केरला २ जनासहित राजस्थान र कर्नाटकमा १–१ जनाको मृत्यु भएको छ । साथै, पछिल्लो २४ घण्टामा ७५२ नयाँ कोरोना संक्रमित थपिएका छन् । यो मे २१ पछि एकै दिनमा रिपोर्ट गरिएको सबैभन्दा धेरै केस हो । एजेन्सी

प्रकाशित मिति: २०२३-१२-२३ , समय : २२:३७:५८ , 1 year अगाडि

यहाँ कमेन्ट गर्नुहोस्
सम्बन्धित