सप्तरीको महादेवा गाउपालिकाका सह लेखापालको कारण सेवाग्राहीलाई सास्ती
मिति: २०२३-१२-२७ , समय : ०९:१५:३३ , गामघर डेस्क
मिति: २०२३-१२-२७ , समय : ०९:१५:३३ , गामघर डेस्क
गामघर डेस्क
राजविराज ।
सप्तरीको महादेवा गाउँपालिकाका लेखा शाखामा कार्यरत सह लेखापालको कारण सेवाग्राही सास्ती ब्यहोर्न बाध्य छन । काम विशेषले जादाँ लेखा शाखाका सह–लेखापाल हिरा लाल यादवको ब्यवहारले एक मिनेटमा हुने काम महिनौ दिनसम्म धाउनु पर्ने बाध्यता रहेको पिडित सेवाग्राहीको आरोप छन । लेखा शाखामा रहेको सह–लेखापाल यादवले कहिले ईन्टनेट स्लो,त कहिले सरवरको समस्या,कहिले प्राविधिक समस्या देखाउने गरेको पिडित सेवाग्राही विनय कुमार मण्डलको आरोप छन । उहाँका अनुसार गापामा सेवाग्राहीलाई सेवा प्रवाह नगरेर कमिशम दिनेसेवाग्राहीको राजविराज आफनो घरबाट सेवा प्रवाह गर्ने गरेको स्थानिय सेवा ग्राहीको आरोप छन । लेखा शाखामा कार्यरत सह–लेखापाल यादवका कारण गत आ.व. २०७९/०८० मा काम सम्पन्न गरेको तर भुत्तानी नभएको फर्म,पत्रपत्रिका,कतिपय ब्यक्तिले अहिलेसम्म समेत लाखौ रकमको भुक्तानीबाट बन्चित भएको पिडितहरु बताउँछन । त्यस्तै स्थानिय पत्रपत्रिकाको भुक्तानीमा सह–लेखापाल यादवले तोक आदेश भई सक्दा पनि महिनौ विक्तिसक्दा पनि भुक्तानी नपाएको पिडितहरुको आरोप छन । लेखा शाखामा कार्यरत सह लेखापाल यादवले कमिशन उठाउन उजेण्टको रुपमा बढी समय खर्चिने गरेको कारण सेवाग्राहीले समयमै भुक्तानी पाउनबाट बन्चित भएको पिडितको आरोप छन । लेखा शाखामा कार्यरत सह लेखापाल यादवले सेवाग्राहीको काममा विभिन्न किसिमको झमेला श्रृर्जणा गरेर भुक्तानीको लागी हैरानी दिने गरेको पिडित सेवागौहीको आरोप छन । यस सम्बन्धमा महादेवा गापाका अध्यक्ष सुनिल कुमार मण्डलले कुनै पनि बहानामा सेवाग्राहीको काम भईसके पछि भुक्तानु नरोक्न लेखा शााखालाई निर्देशन दिएको पिडत सेवाग्राहीले सञ्चारकर्मीलाई बताउनु भयो । तर सह लेखापाल यादवले सो निर्देशनको अवज्ञा गरी रहेको पिडितको आरोप छन । यस सम्बन्धमा सहलेखापाल यादवले आफुमाथी लगाएको आरोप निराधार रहेको बताउँदै इन्टरनेट र प्राविधिक गडबडीका कारण भुत्तानी समयमा दिन नसकेको बताउनु भयो ।
प्रकाशित मिति: २०२३-१२-२७ , समय : ०९:१५:३३ , 1 year अगाडि