के गर्दैछन् सप्तरी प्रहरी : सप्तरीकाे छिन्नमस्तामा दुई बर्ष अघि हत्या गरिएको घटना अझै सार्वजनिक भएन …..
दुई बर्ष अघि सप्तरीको छिन्नमस्ता गाउपालिकाकाे बरहि बिरपुर र खुदीबखारीमा एक महिनामा दुई जनाकाे हत्या
मिति: २०२३-१२-२७ , समय : १६:२९:१५ ,
शुभ नारायण यादब
शुभ नारायण यादब
छिन्नमस्ता । पछिल्लोपटक सप्तरी जिल्लामा चाेरि, तस्करी, लुटपाट तथा अपराधीक क्रियाकलापकाे घटनाक्रम निकै बढेको छ । विगत दुई बर्ष अघि सप्तरीकाे छिन्नमस्ता गाउपलिकामा दुई बर्ष अघि एक बृद्ध र एक जना महिला गरि दुई जनाकाे हत्या भएको थियाे । सप्तरीको छिन्नमस्ता गाउँपालिका वडा नम्बर १ बरही विरपुरमा एक जना महिलालाई घाँटी रेटी हत्या गरिएको थियोे । घरबाट खरानी लिएर खेतमा फाल्न गएको अवस्थामा स्थानीय जमाहर यादवकि अन्दाजि ५२ बर्षिया श्रीमती भुटनि देवि यादवकाे हत्या भएको थियोे । घरबाट गहु खेतमा खरानी फाल्न गएको तथा राति अबेर सम्म घर नअाएपछि घरपरिवारका सदस्यहरुले खाेजि गर्न शुरु गरेपछि बिहान उनकाे शव हत्या गरिएको अवस्थामा फेला परेकाे थियोे । यता घटनाको प्रकृति देख्दा भुटनिकाे बियर बाेतलले ठाउकाे हानेर हत्या गरेको थियोे । घटना स्थलमा तीन वटा बियरकाे बाेतल मध्ये दुईवटा फुटेकाे छ भन्ने अर्काे फालिएको अवस्थामा फेला परेकाे थियोे । यता भुटनिलाइ हत्याराहरुले लछार पछार गरि उनले लगाएको नाककाे फुल सहित अन्य गरगहना पनि लुटेकाे पिडितका परिवारजनकाे भनाइ रहेको छ । स्मरण रहाेस मृतककाे दुईवटा छाेरा र एउटा छाेरि रहेका छन भन्ने मृतक भुटनि दूध बेचेर गुजारा गरिरहेका थिए । यसैगरी विगत दुई बर्ष अगाडि नै एक महिनाकै अन्तरालमा सप्तरीको छिन्नमस्ता गाउँपालिकामा २ जना व्यक्तिको घाँटी रेटी हत्या भएको थियोे । 
यो भन्दा पहिला छिन्नमस्ता गाउँपालिकाकै वडा नम्बर ६ खुदीबखारीको एक जना वृद्धको घाँटी रेटी हत्या गरिएको थियो।
हत्या भएको दुई बर्ष बितिसक्दा पनि अझै हत्यारा पक्राउ नपर्नु तथा पछिल्लो घटनाको सुक्ष्म अनुसन्धान गरी हत्याराहरुलाई पक्राउ गर्न नसकेको कारण हत्याराहरुको मनोबल झन बढदै गएको देखिन्छ। दुई बर्ष अघि छिन्नमस्ताकाे उक्त घटनाक्रमले सप्तरीका स्थानीय प्रहरी प्रशासनबाट सर्वसाधारणहरुकाे विश्वास नै उठेकाे समाजसेवी एव इन्जिनियर सुर्य नारायण यादवकाे भनाइ रहेकाे छ । उहाँका अनुसार हत्या भएको दुई बर्ष बितिसक्दा पनि हत्यारा पक्राउ नपर्नु सप्तरीबासिहरुकाे लागि दुखत र चिन्ताकाे बिषय बनेको छ ।
यता हत्याराहरुले दिनदहाडै खुल्लेआम घाँटी रेटेर हत्या गरिएको घटना सप्तरी प्रहरीले कहिलेसम्म पनि केही नगरेको प्रति दुखत भएको पिडितका परिवाजनकाे भनाइ रहेको छ ।
प्रकाशित मिति: २०२३-१२-२७ , समय : १६:२९:१५ , 1 year अगाडि