ज्येष्ठ नागरिक दिवस : सप्तरीमा सात जना ज्येष्ठ नागरिक सम्मानित

मिति: २०२३-१२-२७ , समय : १८:२८:३७ , गामघर डेस्क

तस्बिर : सामाजिक सन्जालबाट

गामघर डेस्क

राजविराज ।
तेस्रो राष्ट्रिय ज्येष्ठ नागरिक दिवसको अवसरमा राजविराजमा बुधबार सात जना ज्येष्ठ नागरिकलाई सम्मान गरेको छ । ज्येष्ठ नागरिक जिल्ला संघ सप्तरीद्वारा आयोजित कार्यक्रममा उनीहरुलाई सम्मान गरिएको हो ।
यसरी सम्मानित हुनेहरूमा रायचन्द दुगड,विमलादेवी बैध, सितावी प्रसाद साह, मो. हाजी लतिफ, इन्जिनियर अरुण कुमार चौधरी, तुलसी प्रसाद दाहाल र विजयकान्त झा रहेका छन् ।
ज्येष्ठ नागरिक जिल्ला संघ सप्तरीका कार्यबाहक अध्यक्ष शंकर सारदाको अध्यक्षतामा आयोजित कार्यक्रममा प्रमुख अतिथि मधेश प्रदेश सभा सदस्य माला कुमारी कर्णले प्रमाणपत्र, दोसल्ला, माला लगाए सम्मान गरिन ।
कार्यक्रममा सरिक हुन नसकेका अशक्त अरुण कुमार चौधरी, विजयकान्त झा र रायचन्द दुगडलाई उनीहरुको निवासमै पुगेर सम्मान गरिएको ज्येष्ठ नागरिक जिल्ला संघ सप्तरीका सचिब बैधनाथ झाले जानकारी दिनु भयो ।
पुर्व कर्मचारी सेवा परिषद नेपाल शाखा सप्तरीको समन्वय तथा ज्येष्ठ नागरिक जिल्ला संघद्वारा आयोजित सम्मान तथा दोश्रो जिल्ला अधिबेशनको उद्घाटन समारोहमा प्रमुख अतिथि प्रदेशसभा सदस्य कर्ण, राष्ट्रिय मारवाडी महिला मञ्चकी केन्द्रिय उपाध्यक्ष मन्जु सारदा, नेपाल पत्रकार महासंघ सप्तरीका पुर्व सभापति धिरेन्द्र प्रसाद साह, नागरिक समाज सप्तरीका अध्यक्ष थानसिंह भन्साली लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।

प्रकाशित मिति: २०२३-१२-२७ , समय : १८:२८:३७ , 1 year अगाडि

यहाँ कमेन्ट गर्नुहोस्