मधेस प्रदेश : मिर्चेयामा फेरी होटलमा एक पुरुषको मृत्यु , किन अनुसन्धानमै चुक्छ सिरहा प्रहरी …?

मिति: २०२३-१२-२७ , समय : १९:३९:३१ , गामघर डेस्क

तस्बिर : सामाजिक सन्जालबाट

गामघर डेस्क

सिरहा । मधेस प्रदेशको सिरहाको मिर्चैयास्थित एक होटलमा बास बस्न गएको केही बेरमै एक जनाको मृत्यु भएको छ। सिरहाको मिर्चैयाको कटारि चौकमा रहेको ओखलढुङ्गे गिरी होटलमा बुधबार करिव १२ बजेतिर एक महिलासहित बास बस्न गएका सिरहाको कल्याणपुर नगरपालिका वडा न. २ का करिव ४० वर्षिय मुकेश प्रसाद कर्ण(नवीन)को मृत्यु भएको हो।
महिला सहित होटलमा बास बस्न आएका थिए। उनी माथि कोठामा गएको १० मिनेट पनि नवित्दै महिला मेरो राजालाई के भयो भन्दै तल झरेको होटलका संचालक विजय यादवले बताए। उनले भने, ‘महिला रोई कराई आए लगतै हामी सवैजना गएर उनलाई हेर्दा बेहोस अवस्थामा थिए। तत्काल नजिकैको स्वास्थ्य संस्थामा पुर्यायौ। त्यहाँ पुगेलगतै स्वास्थ्यकर्मीले मृत घोषित गरे।’
जानकारी पाउन साथ पुगेका प्रहरीले महिलालाई नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान गरिरहेको इलाका प्रहरी कार्यालय मिर्चैयाका प्रमुख डीएसपी जितेन्द्र बस्नेतले जानकारी दिए । उनले मृतकको मुख बाङ्गो भएको छ। त्यो देख्दा प्रेसरले हानेको हो की भन्ने अनुमान गरिएपनि पोष्टमार्टमपछि मात्र मृत्युको कारण खुल्ने बताए।
मृतककाे शव स्थानीय स्वस्थ्य संस्थामा राखिएको छ। घर परिवारलाइ खवर गरिएको बताँउदै प्रहरीले भने, ‘मृतककाे शव स्वास्थ्य संस्थामै छ, घरपरिवारका व्यक्तिहरु आएपछि आवश्यक प्रकृया पुरा गरी पोष्टमार्टमको लागि पठाउँछौं।’

प्रकाशित मिति: २०२३-१२-२७ , समय : १९:३९:३१ , 2 years अगाडि

यहाँ कमेन्ट गर्नुहोस्
सम्बन्धित