मधेस प्रदेश : श्रोत नखुलेको ८ लाख रकमसहित दुई युवक पक्राउ

मिति: २०२३-१२-३१ , समय : ०८:०५:०० , गामघर डेस्क

तस्बिर : सामाजिक सन्जालबाट

गामघर डेस्क

जनकपुरधाम ।
मधेस प्रदेशको सिरहाबाट श्रोत नखुलेको ८ लाख रुपैयाँसहित दुई युवक पक्राउ परेका छन् । पक्राउ पर्नेमा सिरहाको बरियारपट्टि गाउँपालिका ३ बरियारपट्टीका १९ वर्षीय ओमनाथ नारायण मण्डल र धनगडीमाई नगरपालिका ७ का १९ वर्षीय ओम प्रकाश महतो छन् ।

दुबैजनालाई सशस्त्र प्रहरीको टोलिले भारतबाट नेपाल तर्फ साईकलमा आउँदै गरेको अवस्थामा बरियारपट्टी सीमा क्षेत्रबाट पक्राउ गरेको हो ।

चेकजाँचको क्रममा श्रोत नखुलेको ८ लाख रुपैयाँ नगद भेटेपछि पक्राउ गरेर दुवै जनालाइ आवश्यक कारवाहीको लागि भन्सार कार्यालय माडर सिरहामा बुझाइएको जनाएको छ ।

प्रकाशित मिति: २०२३-१२-३१ , समय : ०८:०५:०० , 1 year अगाडि

यहाँ कमेन्ट गर्नुहोस्
सम्बन्धित