भारतको एक कारखानामा आगलागी हुँदा जलेर ६ जनाको मृत्यु

मिति: २०२३-१२-३१ , समय : १७:०५:२५ , गामघर डेस्क

तस्बिर : एजेन्सीबाट

गामघर डेस्क

भारत ।
भारतको महाराष्ट्रको एक कारखानामा आगलागी हुँदा ६ जनाको मृत्यु भएको छ । अन्य ९ जना घाइते भएका छन् । राज्यको छत्रपति सम्भाजीनगर जिल्लामा रहेको ह्यान्ड ग्लोब्स उत्पादन गर्ने कम्पनीमा शनिबार मध्यराति आगलागी भएको भारतीय सञ्चार माध्यमहरुले जनाएका छन् ।

आगलागीको कारण खुल्न सकेको छैन । “हामीलाई करिब १ः१५ बजे फोन गरेर आगलागी भएको जानकारी आएको थियो । हामी आगो निभाउने उपकरणसहित घटनास्थलमा पुग्यौं । आगो निभाइएको छ । छ जनाको शव फेला परेको छ ।” एक प्रहरी अधिकारीले भने ।

“घटनाको पुष्टि गर्दै स्थानीय दमकल विभागका एक अधिकारीले भने, “घटनामा छ जनाको मृत्यु भएको र नौ जनालाई घाइते अवस्थामा स्थानीय अस्पतालमा भर्ना गरिएको छ ।”

प्रकाशित मिति: २०२३-१२-३१ , समय : १७:०५:२५ , 1 year अगाडि

यहाँ कमेन्ट गर्नुहोस्
सम्बन्धित