जापान भूकम्प अपडेट :मृत्युु हुनेहरुकाे सङ्ख्या ४८ जना पुग्यो, खोजी र उद्धार चल्दै
मिति: २०२४-०१-०२ , समय : १६:०२:२४ , गामघर डेस्क
मिति: २०२४-०१-०२ , समय : १६:०२:२४ , गामघर डेस्क
गामघर डेस्क
जापान ।
जापानमा भूकम्पमा परि ज्यान गुमाउनेको सङ्ख्या ४८ जना पुगेको छ । इशिकावाको प्रकोप मुख्यालयले अहिलेसम्म ४८ जनाको शव प्राप्त भएको र खोजी कार्य चलिरहेको बताएको बीबीसीले जनाएको छ । झन्डै एक हजार उद्धारकर्ताले भूकम्पबाट ढलेका संरचनाको भग्नावशेषमुनि खोजी तथा उद्धारको काम गरिरहेका छन् ।
प्रधानमन्त्री फुमियो किशिदाले पत्रकार सम्मेलन गरेर खोज र उद्धारको काम चलिरहेको जानकारी गराउनुभएको छ । पत्रकार सम्मेलनमा प्रधानमन्त्रीसहित मन्त्रीहरू निलो रङ्गको पोसाकमा उपस्थित भएका थिए । जसको अर्थ सरकार सङ्कटसँग जुधिरहेको छ भन्ने हुन्छ ।
हिजो साेमवार इशिकावा प्रान्तको नोतो प्रायद्वीपमा ७ दशमलव ६ रेक्टर स्केलको भूकम्प गएको थियो । भूकम्पपछि सुनामीसमेत आएको छ । तर यति शक्तिशाली भूकम्पमा पनि जापानमा तुलनात्मक रूपमा कम क्षति भएको छ । जसकाे कारण जापानले सन् १९८१ मा लागू गरेको भवन निर्माण संहिता हो ।
हिजोको भूकम्पमा केही साना घरहरू भत्किए पनि ठूलो घर एउटा मात्रै भत्किएको र त्यो पनि सन् १९७१ मा बनेको जापानी सञ्चारमाध्यमले जनाएका छन् । एजेन्सी
प्रकाशित मिति: २०२४-०१-०२ , समय : १६:०२:२४ , 1 year अगाडि