तराईमा बाक्लो हुस्सु र कुहिरो : मधेस प्रदेश सहित कोशी, बाग्मती र गण्डकीमा मौसम आंशिक बदली

मिति: २०२४-०१-०४ , समय : ०९:०३:५२ , गामघर डेस्क

तस्बिर : सामाजिक सन्जालबाट

गामघर डेस्क

राजविराज । आज कोशी, मधेस, बाग्मती र गण्डकी प्रदेशमा मौसम आंशिक बदली भएको छ । तराईमा आज पनि हुस्सु र कुहिरो लागेको छ ।

काठमाण्डौ उपत्यकामा पनि बिहान हल्का हुस्सु र कुहिरो छ । दिउँसो सामान्य बदली हुन सक्ने जल तथा मौसम पूर्वानुमान् महाशाखाले जनाएको छ । आज बिहान काठमाण्डौको न्यूनतम तापक्रम ५ डिग्री सेल्सियस मापन भएको छ ।

आज दिउँसो कोशी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी क्षेत्रमा मौसम आंशिक बदली रही बाँकी ठाउँमा सामान्यतया सफा नै रहने अनुमान गरिएको महाशाखाका मौसमविद् रोजन लामिछानेले जानकारी दिनुभयो ।

कोशी र गण्डकीको उच्च पहाडी तथा हिमाली एक/दुई ठाउँमा हल्का हिमपातको सम्भावना छ । नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको महाशाखाले जनाएको छ ।

प्रकाशित मिति: २०२४-०१-०४ , समय : ०९:०३:५२ , 2 years अगाडि

यहाँ कमेन्ट गर्नुहोस्
सम्बन्धित