मधेस प्रदेश : सर्लाहीमा गोली चल्दा एक जनाकाे मृत्यु

मिति: २०२४-०१-०५ , समय : १६:२४:४२ , गामघर डेस्क

तस्बिर : सामाजिक सन्जालबाट

गामघर डेस्क

जनकपुर ।
मधेस प्रदेशको सर्लाही स्थित बरहथवा नगरपालिकामा भएको प्रदर्शन नियन्त्रणका लागि प्रहरीले गोली चलाएको छ ।

स्वास्थ्य संस्था स्तरोन्नतिसम्बन्धी विवादमा नेपाली कांग्रेसका कार्याकर्ताले प्रदर्शन गरेका थिए । प्रदर्शनकारीहरूले मेयर कल्पनाकुमारी कटुवालको घरमा आगजनीको प्रयास गरेपछि प्रहरीले गोली चलाएको हो ।

प्रदर्शनकारीहरूले गोली लागेर एक जनाको ज्यान गएको बताएका छन् । ज्यान गुमाउनेमा बरहथवा–५ का जयशंकर शाह रहेका छन् । प्रहरीले भने एक जनाको ज्यान गएको खबर प्राप्त भए पनि पहिचान भइनसकेको बताएको छ ।

प्रकाशित मिति: २०२४-०१-०५ , समय : १६:२४:४२ , 2 years अगाडि

यहाँ कमेन्ट गर्नुहोस्
सम्बन्धित