बरहथवा काण्ड: मृतकलाई शहिद घोषणादेखि मेयरलाई कारबाही गर्नुपर्नेसम्मको माग

मिति: २०२४-०१-०६ , समय : १०:४८:५३ , गामघर डेस्क

तस्बिर : सामाजिक सन्जालबाट

गामघर डेस्क

जनकपुरधाम । मधेस प्रदेशको सर्लाही स्थित बरहथवामा भएको झडपपछि प्रहरीले चलाएको गोली लागेर मृत्य भएका जयशंकर साहको आफन्तले ८ बुँदे माग राखेको छ ।


मृतक साहका भान्जा विवेकले शहिद घोषणादेखि मेयरलाई कारबाही गर्नुपर्नेसम्मको माग राखेका हुन् । उनले माग पुरा नभएसम्म शव सडकमै राखेर प्रदर्शन जारी राख्ने चेतावनी दिएका छन् ।

मृतक साहलाई शहिद घोषणा गर्नुपर्ने, मेयर कल्पना कुमारी कटुवालको राजीनामासहित कारबाही गर्नुपर्ने, प्राथमिक स्वास्थ्य केन्द्रलाई ५० वेडमा स्तरोन्नती गरी मृतकको नामबाट अस्पतालको नाम राख्नुपर्ने, बजार र अस्पतालमा शालिक राख्नुपर्ने, गोली चलाउनलाई कारबाही गर्नुपर्नेसहितका माग पीडित परिवारको छ ।

प्राथमिक स्वास्थ्य केन्द्रको स्तरोन्नती विषयमा जनप्रतिनिधिबीच विवाद चर्केपछि ५ दलले आन्दोलित बनेको थियो । स्थिति नियन्त्रणमा लिन प्रहरीले चलाएको गोलीले शुक्रवार दिउँसो साहको मृत्यु भएको थियो ।

यता मृतक शव सडकमै राखेर बसिरहेको तर अहिलेसम्म प्रशासनका कोही पनि भेट्न नआएको उनका भान्जा विवेकले गुनासो गरेका छन् ।

प्रकाशित मिति: २०२४-०१-०६ , समय : १०:४८:५३ , 1 year अगाडि

यहाँ कमेन्ट गर्नुहोस्
सम्बन्धित