श्रोत नखुलेको ५ लाख भारतीय रुपैयाँसहित एक जना युवक पक्राउ
मिति: २०२४-०१-०६ , समय : १५:२९:५० , गामघर डेस्क
मिति: २०२४-०१-०६ , समय : १५:२९:५० , गामघर डेस्क
गामघर डेस्क
राजविराज ।
सप्तरीमा भारतीय रुपैयाँ ५ लाख भन्दा वढी रकम सहित एक जना युवकलाई सप्तरी प्रहरीले पक्राउ गरेको छ ।
सप्तरीको राजगढ गाउँपालिका वडा न.२ झौरा चौक स्थितबाट खटिएको प्रहरी टोलिले विभिन्न सवारी साधनहरु चेकजाँच गर्ने क्रममा भरफोर ग्राम पन्चायत सुब्बा टोल मधुवनी भारत वडा नं.३ का जिवछ यादवको छोरा २५ वर्षिय संजय कुमार यादव रहेको छ । यादवले चलाई ल्याएको वीआर ५० वीआइ५४२ न.ंको टीभीएस स्टारसीटी मोटरसाइकल चेकजाँच गर्ने क्रममा डिक्कीमा लुकाई छिपाई राखेको अवस्थामा श्रोत नखुलेको भारतीय रुपैयाँ ५ लाख २९ हजार ९ सय ७० रुपैयाँ रकम बरामद गरी थप आवश्यक अनुसन्धान तथा कारबाही भइरहेको जिल्ला प्रहरी कार्यालय सप्तरीका सुचना अधिकारी एव प्रहरी नायव उपरीक्षक ढुण्डीराज नेउपानेले जानकारी दिनुभयो ।उहाँका अनुसार यादवले ५०० को नोट थान ३३९, २०० को नोट थान ५३०, १०० को नोट थान १९८०, ५० को नोट थान १०३४, २० को नोट थान १९७, १० को नोट थान ८८३, वीआर ५० वीआइ५४२ न.ंको टीभीएस स्टारसीटी मोटरसाइकल थान १ र मोबायल थान–२ वरामद गरेको जानकारी दिनु भयो ।
यसै विच सप्तरी प्रहरीले जिल्लाको डाक्नेश्वरी नगरपालिकास्थित एक होटेलबाट यौन व्यवसाय गरेको आरोपमा २ महिलासहित ७ जनालाई पक्राउ गरेको छ ।
नगरपालिकाको वडा नम्बर ५ पातोस्थित कुनाल कोल्ड स्टोर एण्ड होटेलबाट शुक्रवार राति २ महिला र ५ जना पुरूषलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सप्तरीका सुचना अधिकारी प्रहरी नायव उपरीक्षक ढुण्डीराज नेउपानेले जानकारी दिनु भयो । उहाँका अनुसार पक्राउ परेकामध्ये २ जना पुरुष भारतीय रहेका छन् । फरार भएका होटेलका सन्चालकको खोजी कार्य भइरहेको छ भने यस सम्बन्धमा अन्य थप आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।
प्रकाशित मिति: २०२४-०१-०६ , समय : १५:२९:५० , 1 year अगाडि