अधिकारको माग गर्दै सप्तरीको राजबिराज नगरपालिकाका जनप्रतिनिधिहरु आन्दोलित
मिति: २०२४-०१-०८ , समय : ०८:५२:३५ , गामघर डेस्क
मिति: २०२४-०१-०८ , समय : ०८:५२:३५ , गामघर डेस्क
गामघर डेस्क
राजविराज । सप्तरीको राजबिराज नगरपालिकाका जननिर्वाचित वडा सदस्यहरुले विभिन्न सात सूत्रीय माग राखि कार्यवाहक नगर प्रमुख इशरत प्रविनलाई ज्ञापन पत्र बुझाएको छ।
राजबिराज नगरपालिका वडा नं ७ का वडा सदस्य रामानन्द देवको नेतृत्वमा नगरका वडा सदस्यहरुले सामूहिक रूपमा ज्ञापन पत्र बुझाएका हुन्।
आफूहरु निर्वाचित भएको डेढ वर्ष भन्दा बढी समय बित्न लाग्दा पनि नगरपालिकामा अहिले पनि निरकुशता हावी भई हामी वडा सदस्यहरुलाई अधिकार बिहिन अवस्थामा राखेको, अहिले सम्ममा दुई वटा नगर परिषद भए पनि कागजमै सीमित रहेकोले यी सबै समस्याको उचित निकासका लागि सात सूत्रीय माग राखी बुझाएको उल्लेख छ।
नगर क्षेत्र भित्रका बिटोरी जग्गा धनीहरुलाई अभिलम्ब जग्गा धनी पुर्जा उपलब्ध गराउनु पर्ने वा धनी पुर्जा उपलब्ध गराउन तत्काल नसकिए जग्गा जमीन धितो राखी बैंक तथा वित्तीय संस्थाबाट ऋण उलब्ध गराउन पहल गर्नु पर्ने, नगरपालिका कार्यालयका विभिन्न शाखाका कर्मचारीहरु कार्यालय समयमा हाजरी गरेर कार्यालयमा नबस्ने प्रवृति बढेकोले आम सेवाग्रहीको काम काजमा समस्या उत्पन्न भएको हुँदा कार्यालय समय सम्म सम्बन्धित शाखाका कर्मचारीहरु आ-आफनो शाखामा अनिवार्य बस्नुपर्ने, नगरसभाबाट पारित योजनाहरुको एक साता भित्र सम्झौता गरी कार्य सुचारु गर्नु पर्ने, नगर क्षेत्र भित्र सरसफाईलाई व्यवस्थापन गर्न ढल निकास र डम्पिङ साइट उचित व्यवस्था गर्नु पर्ने, नगरमा छाडा पशु चौपाया नियन्त्रण गर्न काजी हाउस सुरू गर्नु पर्ने, ट्राफिक व्यवस्थापनको गर्नु पर्ने, चोरी लगायतका घट्नाहरु नगर क्षेत्रमा बढेकोले हरेक टोल, चौकमा सिसिटीभि क्यामरा जडान गरिनु पर्ने र वडा सदस्यहरुलाई नगरपालिकाको विभिन्न समिति तथा उप समितिहरूमा राखी जिम्मेवारी दिनु पर्ने लगायतका माग राखी ज्ञापन पत्र बुझाएको राजबिराज नगरपालिका वडा नं ७ का वडा सदस्य रामानन्द देवले जानकारी दिनुभयो।
प्रकाशित मिति: २०२४-०१-०८ , समय : ०८:५२:३५ , 1 year अगाडि