मधेस प्रदेश : जनकपुर-जयनगर रेलमा एक नेपाली यात्रुको मृत्यु

मिति: २०२४-०१-१६ , समय : १४:५२:५६ , गामघर डेस्क

तस्बिर : सामाजिक सन्जालबाट

गामघर डेस्क

जनकपुरधाम ।
भंगहा– जयनगर रेलमा एक यात्रुको मृत्यु भएको छ । मृत्यु हुनेमा महोत्तरीको लोहरपट्टी नगरपालिका ४ खुट्टा पिपराढीको अन्दाजी ५० वर्षीय रामएकवाल पण्डित छन् ।

धनुषाका प्रहरी प्रवक्ता डिएसपी रञ्जन अवाका अनुसार आज बिहान ८ बजे महोत्तरीको भंगहाबाट जयनगर तर्फ जान लागेको रेलमा पण्डित लोहारपट्टीमा चढेका थिए । टिटीले टिकट चेक गर्ने बेला अचानक बोगीमै सिटबाट उनको लडेर मृत्यु भएको हो ।

यता मृतक पण्डितको शव पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल जनकपुरमा राखिएको र घटना विषयमा थप अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।

प्रकाशित मिति: २०२४-०१-१६ , समय : १४:५२:५६ , 1 year अगाडि

यहाँ कमेन्ट गर्नुहोस्
सम्बन्धित