तराईमा हुस्सु र कुहिरोसंगै बढेको अत्यधिक चिसोले जनजिवन कष्टकर बन्दै
मिति: २०२४-०१-१७ , समय : ०८:०२:४३ , गामघर डेस्क
मिति: २०२४-०१-१७ , समय : ०८:०२:४३ , गामघर डेस्क
गामघर डेस्क
राजविराज । देशका पहाडी भू-भागमा मौसम आंशिक बदली भएको छ भने तराईंमा हुस्सु र कुहिरो लागेको छ ।
पश्चिमी वायुको आंशिक प्रभाव रहेकोले पहाडी क्षेत्रमा आंशिकमात्रामा बदली भएको मौसम पूर्वानुमान महाशाले जनाएको छ ।
महाशाखाका अनुसार दिउँसो कोशी, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू-भागका एक-दुई स्थानमा हल्का वर्षाको पनि सम्भावना रहेको छ ।
कोशी, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थानहरुमा भने हल्का हिमपातको सम्भावना रहेको छ।
हिमाली क्षेत्रमा हिमपात र तराईमा हुस्सु र कुहिरोका कारण चिसो बढ्ने भएकोले सतर्क रहन महाशाखाले सचेतसमेत गराएको छ ।
विगत केहि दिन यता सप्तरी सहित तराई मधेशमा बढेकाे अत्यधिक चिसोले जनजिवन कष्टकर बन्दै गएको छ । खासगरी चिसाेले गर्दा देनिक काम गरि खाने मजदुरहरु समस्यामा परेका छन , भन्ने अस्पतालहरुमा बालबालिका तथा बृद्ध बृद्धाहरु बिरामी भइ अस्पतालमा भर्ना हुदा अस्पतालमा बिरामीको सङ्ख्यामा समेत बृद्धि भएको अस्पताल स्रोतले जनाएको छ ।
प्रकाशित मिति: २०२४-०१-१७ , समय : ०८:०२:४३ , 1 year अगाडि