मधेस प्रदेश : प्रथम गणतान्त्रिक शहिद दुर्गानन्द झाको ६१ औं बलिदानी दिवस

मिति: २०२४-०१-२९ , समय : १७:४४:३७ , गामघर डेस्क

तस्बिर : सामाजिक सन्जालबाट

गामघर डेस्क

जनकपुरधाम । शहिद सप्ताहको छैठौ दिन मधेस प्रदेशको जनकपुरधाममा नेपालको पहिलो गणतान्त्रिक शहिद दुर्गानन्द झाको ६१ औं बलिदानी दिवस विभिन्न कार्यक्रमको आयोजना गरि मनाईएको छ । बलिदानी दिवसको अवसरमा दुर्गानन्द स्मारक निर्माण समिति र शहिद दुर्गानन्द झा अनुसन्धान तथा सेवा केन्द्रले छुट्टा छुट्टै कार्यक्रमको आयोजना गरेर बलिदानी दिवस मनाएको हाे ।
दुवै कार्यक्रममा प्रमुख अतिथिको रुपमा जनकपुरधाम उपमहानगरपालिकाका प्रमुख मनोज कुमार साह रहेका थिए ।
जनकपुरधामको वडा नंं २३ को कार्यालयले जनकपुरधामको जनकपुर जटही ६ लेन सडकमा स्थापित गरिएको स्मारक स्थलमा कार्यक्रम रहेको थियोे । वडाध्यक्ष राघवेन्द्र साहको अध्यक्षतामा भएको सो कार्यक्रममा वक्ताहरुले मुलुकमा स्थापित भएको गणतन्त्रको प्रमुख श्रेय दुर्गानन्द झाको रहेकाले उनको बलिदानी दिनलाई भव्य रुपमा मनाउनका लागि सवै सरकारसंग आग्रह गरे ।
कार्यक्रममा साहित्यकार चन्द्रशेखर चमन, पत्रकार श्रीनाराण साह र कमल साहले प्रथम गणतान्त्रिक शहिद झाको योगदानको स्मण गर्दै प्रदेश सरकारले उत्सवको रुपमा मनाउनु पर्ने धारणा राखे ।
अनुसन्धान केन्द्रका अध्यक्ष पूर्व प्राध्यापक शम्भुनाथ झाको अध्यक्षतामा भएको सो कार्यक्रममा पूर्व सांसद स्मृतिनारायण चौधरी, मधेश प्रदेशका नीति तथा योजना आयोगका पूर्व उपाध्यक्ष डा. हरिवंश झा, पूर्व कृषि विज्ञ काशीकान्त झा, पूर्व प्रशासक जीवच्छ मिश्र, बरिष्ठ अधिवक्ता श्याम मिश्र, पत्रकारहरु अजय कुमार झा, धवेन्द्र झा, मधेश आन्दोलनका अगुवा ईन्द्र कुमार मधेशानन्द, काँग्रेसका यूवा नेता प्रवेश चौधरी लगायतका वक्ताहरुले बोलेका थिए । यसै गरि प्रथम गणतान्त्रिक शहिद झाको पैतृक गाउँ जटहीमा निर्माण भएको स्मारकमा पुष्पगुच्छा अर्पण गरेर शहिद झा प्रति सम्मान गरिएको थियो ।

प्रकाशित मिति: २०२४-०१-२९ , समय : १७:४४:३७ , 1 year अगाडि

यहाँ कमेन्ट गर्नुहोस्
सम्बन्धित