सप्तरीको अग्निसाइर कृष्णासवरणमा गापास्तरीय एक दिने अन्तरक्रिया गोष्ठी
मिति: २०२४-०१-२९ , समय : १९:४९:२१ , गामघर डेस्क
मिति: २०२४-०१-२९ , समय : १९:४९:२१ , गामघर डेस्क
गामघर डेस्क
राजविराज ।
सप्तरीको अग्निसाइर कृष्णासवरण गाउँपालिकामा सोमवार हौसला मुलक अभिबृद्दि कार्यक्रम गापा स्तरीय एक दिने अन्र्तक्रिया गोष्ठी एक कार्यक्रम विच सम्पन्न भएको छ । ईस्लाम धर्म संरक्षण समिति सप्तरीको आयोजनामा तथा अग्निसाइर कृष्णा सवरण गाउँपालिकाको सहयोगमा गापा स्तरीय एक दिने अन्र्तक्रिया गोष्ठी सम्पन्न भएको हो । ईस्लाम धर्म संरक्षण समिति सप्तरीको अध्यक्ष मों रसुलको अध्यक्षता तथा अग्नि सायर कृष्णा सवरण गाउँपालिकाका अध्यक्ष दिनानाथ चौधरीको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा गापा उपाध्यक्ष कल्पना कुमारी चौधरी,बिधायक असर्फी सदा,दलित संधर्ष समितिका संयोजक बेचन मण्डल,खडक नगरपालिकाका बद्री सदा,कञ्चनरुपका लालीन्द्र सदा, अग्नि सायर कृष्णा सवरण गाउँपालिकाका कार्यपालिका सदस्य कपिल सरदार,तिरहुत गापाका राज कुमारी यादव,लगायतले आ आफनो शुभ कामना मन्तब्य ब्यक्त गर्नु भयो । सो कार्यक्रममा हौसला मुलक अभिबृद्दि कार्यक्रमका सप्तरी कार्यक्रम संयोजक शिबदेव सदाले कार्यक्रमको बारेमा सहभागीहरुलाई जानकारी गराउनु भएको थियो । संयोजक सदाले सप्तरीको १० वटा पालिकामा यो कार्यक्रम लागु भएको जानकारी दिनु हुदै यस कार्यक्रममा दलित,सिमान्तकृत समुदायको साथै विपन्न वर्गलाई सहभागी गराउने जानकारी दिनु भयो ।
प्रकाशित मिति: २०२४-०१-२९ , समय : १९:४९:२१ , 1 year अगाडि