सप्तरीबाट फरार प्रतिवादी शुभ नारायण पक्राउ

मिति: २०२४-०२-०४ , समय : २०:०८:४५ , गामघर डेस्क

तस्बिर : सामाजिक सन्जालबाट

गामघर डेस्क

राजविराज ।
सप्तरीमा फरार प्रतिवादी एक जनालाई सप्तरी प्रहरीले पक्रउ गरेको छ ।
यसरी पक्राउ पर्नेमा खड्क नगरपालिका वडा न.५ खोजपुरका ५० वर्षिय शुभ नारायण ठाकुरलाई पक्राउ गरेका हुन । ठाकुरलाई सम्मानित सप्तरी जिल्ला अदालतको मुद्दा नं.२१२,लगत नं.२७४८ मिति २०७५ जेष्ठ ३० गते फैसला कार्यान्यन अन्तर्गत अपहरण तथा शरिर बन्धक मुद्दामा ९ वर्ष कैद र रु.५०,०००। ( पचास हजार मात्र ) जरीबाना भएको जिल्ला प्रहरी कार्यालय सप्तरीका सुचना अधिकारी एव प्रहरी नायव उपरीक्षक ढुण्डीराज नेउपानेले बताउनु भयो । उहाँले ठाकुर आफ्नो गाँउ घरमा लुकिछिपि बसिरहेको गोप्य सुचनाको आधारमा प्रहरी टोलिले पक्राउ गरी सम्मानित जिल्ला अदालत सप्तरीमा उपस्थित गराएको बताउनु भयो ।

प्रकाशित मिति: २०२४-०२-०४ , समय : २०:०८:४५ , 1 year अगाडि

यहाँ कमेन्ट गर्नुहोस्
सम्बन्धित