मधेस प्रदेश : विद्यार्थीको डेरामा कटुवा पेस्तोलसहित पुगेर बिबाद गरिरहेका युवक पक्राउ
मिति: २०२४-०२-१२ , समय : १२:२४:०६ , गामघर डेस्क
मिति: २०२४-०२-१२ , समय : १२:२४:०६ , गामघर डेस्क
गामघर डेस्क
सिरहा ।
मधेस प्रदेशको सिरहामा रातिको समयमा विद्यार्थीको डेरामा कटुवा पेस्तोलसहित पुगेर बिबाद गरिरहेका युवकलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा सिरहाको औरही गाउँपालिका ४ कमलपुरका २० वर्षीय सरोज कुमार यादव छन् ।
उनी गत शनिबार राति ९ बजे सिरहा नगरपालिका ७ स्थित रामपुकार शर्माको घरमा डेरा गरी बस्ने औरही गाउँपालिका ३ का २२ वर्षीय संजित कुमार यादव र उनको बहिनी संजिता यादवसंग विवाद गर्न पुगेका थिए ।
तत्कालै प्रहरी पुगेर चेकजाँच गर्दा उनको साथबाट कटुवा पेस्तोल बरामद भएको सिरहाका प्रहरी प्रवक्ता डिएसपी रविन्द्र राज पाण्डेले जानकारी दिए ।
यता उनीमाथि थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ ।
प्रकाशित मिति: २०२४-०२-१२ , समय : १२:२४:०६ , 1 year अगाडि