सप्तरीको राजविराज नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत गुरुङको कार्यकक्ष र क्वाटरमा तलाबन्दी

मिति: २०२४-०२-१३ , समय : १७:१८:१२ , सौरभ यादव

तस्बिर : सामाजिक सन्जालबाट

सौरभ यादव

राजविराज ।
सप्तरीको राजविराज नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृतको कार्यकक्ष र क्वाटरमा तलाबन्दी गरिएको छ। अधिकृत विष्णुप्रसाद गुरुङको कार्यकक्ष र क्वाटरमा तलाबन्दी गरिएको हो।

नगरपालिकाको कार्यपालिका बैठकबाट फिर्ता पठाएका अधिकृत गुरुङले नगरपालिकाविरुद्ध अदालतमा गएको भन्दै उनको कार्यकक्ष र क्वाटरमा तालाबन्दी गरिएको नगर प्रवक्ता जयनारायण मण्डलले जानकारी दिए।

उनले भने, ‘समयमा काम नगर्ने, नगरपालिकामा राजनीति गर्ने, कर्मचारी र जनप्रतिनिधिबीच द्वन्द्व फैलाउने गरेकोले यस्तो गैरजिम्मेवार अधिकृत यो नगरपालिका चाहिँदैन।’

गत १९ माघमा बसेको बैठकले १ फागुनदेखि लागू हुने गरी उनलाई संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा फिर्ता पठाएको हो। गुरुङ गत भदौमा प्रमुख प्रशासकीय अधिकृतका रुपमा राजविराज नगरपालिका आएका थिए।

प्रकाशित मिति: २०२४-०२-१३ , समय : १७:१८:१२ , 1 year अगाडि

यहाँ कमेन्ट गर्नुहोस्
सम्बन्धित