मधेस प्रदेश : पेस्तोलसहित दुई जना पक्राउ

मिति: २०२४-०२-२२ , समय : १४:३७:१७ , गामघर डेस्क

फाइल फाेटाे

गामघर डेस्क

जनकपुरधाम ।
मधेस प्रदेशको पर्साको बहुदरमाईमा १ थान कटुवा पेस्तोलसहित २ जना पक्राउ परेका छन् ।

गएराति बहुदरमाई नगरपालिका-९ बाट कालिकामाई गाउँपालिका-९ कटिबलुवा बस्ने ४४ वर्षीय दिपेन्द्र गिरी र पोखरिया नगरपालिका-९ बैरियाबिर्ता बस्ने ३७ वर्षीय शिवपुजन मुखियालाई पक्राउ गरिएको हो ।

ना.१२ प ४९७१ नम्बरको मोटरसाइकललाई जाँच गर्ने क्रममा उनीहरूबाट पस्तोल बरामद् भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । यता प्रहरीले यस सम्बन्धमा थप अनुसन्धान गरिरहेको छ ।

प्रकाशित मिति: २०२४-०२-२२ , समय : १४:३७:१७ , 1 year अगाडि

यहाँ कमेन्ट गर्नुहोस्
सम्बन्धित