मधेस प्रदेश : लाखौंको नक्कली नोटसहित एकजना युवक पक्राउ
मिति: २०२४-०३-०७ , समय : ०९:०५:३९ , गामघर डेस्क
मिति: २०२४-०३-०७ , समय : ०९:०५:३९ , गामघर डेस्क
गामघर डेस्क
जनकपुरधाम ।
मधेस प्रदेशको बाराबाट प्रहरीले एक जनालाई नक्कली नोटसहित पक्राउ गरेको छ । पक्राउ पर्नेमा बारा महागढीमाई नगरपालिका-९ कञ्चनपुर निवासी ३५ वर्षीय राम बिनय सहनीब रहेका छन्। प्रहरीले उनलाई सिम्रौनगढ नगरपालिका ४ स्थित हरिहरपुर चेकबाट नेपाली एक हजार दरका आठ थान नक्कली नोटसहित पक्राउ गरेको हो ।
ईलाका प्रहरी कार्यालय सिम्रौनगढबाट खटिएको प्रहरीले बीआर ०५ जे २१८१ नम्बरको मोटरसाइकललाई जाँच गर्ने क्रममा मोटरसाइकलमा सवार उनलाई उक्त नोटसहित पक्राउ गरेको थियो ।
प्रहरीले पक्राउ परेका व्यक्तिबाट भारतीय पाँच सयको सक्कली नोट तीन थान र भारतीय नोट पाँच सयको साईजमा राखिएको सादा कागज दुई सय ८६ थना समेत फेला पारेको इलाका प्रहरी कार्यालय सिम्रौनगढका प्रमुख प्रहरी निरिक्षक नबिन राईले जानकारी दिए ।
यता पक्राउ परेकालाई खोटा चलन सम्बन्धि कसुर मुद्दा दर्ता गरी बारा जिल्ला अदालतबाट पाँच दिनको म्याद थप गरी थप अनुसनधान कार्य भई रहेको प्रहरीले जानकारी दिएको छ । स्मरण रहाेस ,पछिल्लोपटक नक्कली नाेटकाे काराेबार गर्ने समूह सक्रिय भएको पाइन्छ ।
प्रकाशित मिति: २०२४-०३-०७ , समय : ०९:०५:३९ , 1 year अगाडि