सदस्यता सिफारिसमा भेदभाव गरेको विरुद्धमा पत्रकारहरूद्वारा पत्रकार महासङ्घमा तालाबन्दी

मिति: २०२४-०३-०७ , समय : १६:०१:३८ , गामघर डेस्क

तस्बिर : सामाजिक सन्जालबाट

गामघर डेस्क

राजबिराज । नेपाल पत्रकार महासंघ शाखा सप्तरीको कार्यालयमा सदस्यता सिफारिसमा भेदभाव गरेकाे भन्दै शुद्धिकरण मापदण्डमा परेका सदस्यहरुद्वारा तालाबन्दी गरेको छ ।

नेपाल पत्रकार महासंघ शाखा सप्तरी राजविराजमा सदस्यता सिफारिसमा भेदभाव र पक्षपात गरेको विरुद्धमा स्थानीय पत्रकारहरूले तालाबन्दी गरेको हो । 

महासंघका पूर्व अध्यक्ष विष्णु कुमार मण्डल, जितेन्द्र खड्गा र वरिष्ठ पत्रकार शिव नारायण साह “सुरज” को नेतृत्वमा पुगेका पत्रकारहरूले बिहान १० बजे कार्यालयमा तालाबन्दी गरेका हुन् । 

नेपाल पत्रकार महासंघ शाखा सप्तरीले तीन वर्ष बितिसक्दा पनि एक पटक साधारण सभा नगरेको, सदस्यता शुद्धिकरणको नाममा पक्षपात गरी सदस्यता नवीकरण नगरेको र योग्य पत्रकारहरूलाई सदस्यता प्रदान नगरेको सहितका माग पुरा नभए सम्मका लागि तालाबन्दी गरिएको समूहका अगुवा पूर्व अध्यक्ष जितेन्द्र खड्काले जानकारी दिए ।

यता लामो समय देखि पत्रकारिता पेशा छोडेर अन्य पेशा व्यवसायमा गएकाहरूलाई केन्द्रले तोकेको १५ बुँदे शुद्धिकरण मापदण्ड अनुसार सदस्यताबाट हटाइएको र पत्रकार महासंघलाई विशुद्ध पत्रकारहरूको संस्था बनाउने प्रयास गरिएको अध्यक्ष श्रवण देवले बताए ।

यता वार्ता र संवादको ढोका अहिले पनि खुला नै रहेकोले उनीहरूलाई वार्तामा बसेर समस्याको निकास निकाल्न देवले आग्रह गरेका छन् ।

प्रकाशित मिति: २०२४-०३-०७ , समय : १६:०१:३८ , 1 year अगाडि

यहाँ कमेन्ट गर्नुहोस्
सम्बन्धित