विद्युतीय दुर्घटना न्यूनीकरणका लागी सप्तरीको बोदे बर्साईनमा विद्युतीय सुरक्षा दिवस मनाइयो

मिति: २०२४-०४-०८ , समय : २१:४३:०५ , उमेश कुमार साह

तस्बिर : सामाजिक सन्जालबाट

उमेश कुमार साह

राजविराज ।
सप्तरीको बोदे बर्साईनमा साेमबार विद्युतीय सुरक्षा दिवस मनाइएको छ ।

“विद्युत दुर्घटनाबाट बच्न सचेत रहौं, सम्वृद्धिको लागी विद्युतको सदुपयोग गरौ‌ं ।” भन्ने नाराका साथ विद्युतीय सुरक्षा दिवस नेपाल विद्युत प्राधिकरणले मनाइएकाे हाे । नेपाल विद्युत प्राधिकरण बोदे बरसाईन वितरण केन्द्र सप्तरीको आयोजनामा विद्युतीय दुर्घटना न्यूनीकरणका लागी जनचेतना दिन सुरक्षीत विद्युत सेवाको सहज पहुँच, गुणस्तरिय सामानको प्रयोग र किफायती उपभोग एवं चुहावट नियन्त्रण कार्यको उपभोक्तामा वढी भन्दा वढी सचेतना र जागरुकता संचार गरी विद्युत दुर्घटनामा कमी ल्याउनु यो दिवसको मुख्य उद्देश्य रहेको प्राधिकरण बोदे बर्साईनले जनाएको छ ।

दिवसका अबसरमा विद्युतीय दुर्घटनाबाट वच्न गुणस्तरीय उपकरणको प्रयोग सुरक्षाका उपकरण अवलम्वन गरी दुर्घटनाबाट बच्न र विद्युतीय सुरक्षा दिवसमा आ–आफ्नो ठाउँबाट सहभागी बनी कार्यक्रमलाई सफल बनाउन आपिल गरेका छन् ।

विज्ञप्तीमार्फत पनि जोखिमपूर्ण अवस्थामा रहेका जीर्ण, पोल तार र लाईन सामाग्री फेर्ने, सुरक्षात्मक प्रणाली सुधारका लागी पुराना सवस्टेशनको स्तरोन्नती गर्ने, ट्रान्सफरमरको क्षमता वृद्धि गर्ने, कन्डक्टरको क्षमता वृद्धि गर्ने, इन्सुलेटेर कन्डक्टरको प्रयोग गर्ने लगायतका कामहरु निरन्तर रुपमा अगाडि बढाईएको उनले जानकारी दिएका छन् ।

विद्युत वितरण प्रणालीमा कार्यरत जनशक्तिलाई विद्युतीय सुरक्षाको महत्व बुझाउने, सुरक्षात्मक उपकरणको प्रयोग गर्न लगाउने, विद्युत माग र आपूर्ति पक्षको व्यवस्थापन गर्ने र किफायती उपकरणको प्रयोगमा जानकारी गराई गुणस्तरीय उपकरण मात्र प्रयोग गर्न समग्र उपभोक्ता वर्गलाई जनचेतना जगाउने आदी कार्यहरु निरन्तर भइरहेको उनको बिज्ञप्तीमा वा समाजिक संजाल फेस्बुकमा उल्लेख रहेको विद्युत प्राधिकरण बोदे बरसाईन वितरण केन्द्र, निमित्त प्रमुख सहायक इंजिनियर प्रकाश नारायण चौधरीले बताए । नेपाल विद्युत प्राधिकरण बोदे बर्साईन वितरण केन्द्रबाट सुरु भएको कार्यक्रममा बोदे बर्साईन बजार परिक्रमा गरेको थियो । विद्युतजन्य घटनाहरुलाई कम गर्नुका साथै विद्युतिय सुरक्षा चेतना जगाउनका लागि सबैले आ–आफ्नो क्षेत्रबाट सहयोग गर्नुपर्ने धारणा कार्यक्रममा सहभागीहरुले राखेका थिए ।

साे कोण सभालाई सम्बोधन गर्ने अधिकाशं ब्यक्तिहरुले बिद्युत चुहावटलाई नियन्त्रण गर्न सके धेरै हदसम्म लोडसेडिङ अन्त्य हुने भन्दै त्यसकालागि विद्युत प्राधिकरणले प्रभावकारी अभियान चलाउन आवश्यक रहेको बताएका थिए ।

प्रकाशित मिति: २०२४-०४-०८ , समय : २१:४३:०५ , 1 year अगाडि

यहाँ कमेन्ट गर्नुहोस्
सम्बन्धित