सप्तरीमा स्थानीय प्रहरी प्रशासनकाे मिलाेमताेमा खुल्लेआम तस्करी : विभिन्न समािवर्ति नाकाबाट महिनाको लाखौं असुली हुँदै
मिति: २०२४-०४-११ , समय : २२:१८:४२ , एस.एन.यादव
मिति: २०२४-०४-११ , समय : २२:१८:४२ , एस.एन.यादव
एस.एन.यादव
राजविराज । पछिल्लोपटक सप्तरीमा रहेका विभिन्न छोटी भन्सार नाकाहरू तस्करीको अखडा बन्दै गएका छन् । नेपालबाट चाइनिज समान, सुपाडी, लसुन, मरिच, मदिरा, ग्याँस लाइटर, स्याउ, कस्मेटिक्स लगायतका समानको भारत निकासी भईरहेको छ भने भारतबाट धान, चामल, प्याज, फलफूल, तरकारी, हार्डवेयर, मोटर पार्टस्, गुट्खा, सुर्ती, चिनीलगायतका सामान आईरहेको छ ।
सप्तरी स्थित छोटी भन्सार रहेका बनैनिया, पातो, राम नगर कोदरकट्टी र बेल्ही नाकाबाट तस्करी भइ माल समानहरु सहजै नेपाल र भारत भित्रिने गर्छन ।
सप्तरी र सिरहाका सक्रिय केही तस्कर गिरोहले स्थानीय जनप्रतिनिधि, व्यापारी, पुलिस, नेताहरूको संलग्नतामा राती राती ठुलै सवारी साधन मार्फत नेपालबाट भारत तर्फ र भारतबाट नेपाल तर्फ समान तस्करी भइरहेको सीमावर्ती क्षेत्रका बासिन्दाहरु बताउँछन् ।
नेपालबाट भारत तर्फ तस्करीमा सिरहाका हरेराम यादव, प्रकाश गुप्ता र गोपाल गुप्ता रहेका छन् भने सप्तरीका मो. अजिज, सागिर मिया, ओम प्रकाश यादव लगायतको संगलन रहेको श्रोतले जनाएका छन् ।
यसरी सेटिगंमा भएको तस्करीले गर्दा नेपाल सरकारको ठूलो परिमाणमा राजस्व चुहावट भइरहेको प्रति सुरक्षा निकाय लगायत सरोकारवालाहरूको ध्यानाकर्षण जानु आवश्यक रहेको जानकारहरू बताउँछन् ।
यता दुई पैसा बचाउने लोभमा सीमावर्ती बजारहरुवाट दैनिक उपभोग्य सामग्री ल्याउने आम सर्वसाधारणको झोला उपर गिद्ध दृष्टि राख्ने केही सुरक्षा निकाय, भन्सार कर्मचारीको कारण सर्वसाधारण हैरान भएको देखिन्छ ।
तस्करी : पातो नाकाबाट लाईन सेटिगंमा तस्करी बढदे…..
सप्तरीको पाताे नाकावाट लाईन सेटिगंमा तस्करी बढेकाे छ । याे सँगै विभिन्न नाकाबाट चोरी निकासी गरि भारत निर्यात गर्नै प्रतिबन्धित समानको तस्करी लाईन मिलाउन संग्लन व्यापारीहरुलाई सक्रिय छन ।
सप्तरीमा रहेका विभिन्न नाका मध्ये तस्करी लाईन मिलाउन सजिलो रहेका पातो नाका केही दिन देखि प्रहरी प्रशासनको विषेश निगरानीले समान आयत निर्यात वन्द रहेका छन् ।
प्रहरी प्रशासनको सेटिगंमा सप्तरीका केही ठुला व्यापारी र भारतका व्यापारीको संग्लतामा भईरहेको तस्करी मधेश प्रदेशका उच्च प्रहरी प्रशासनको नयाँ नेतृत्वले रोकिएको तस्करी मिलाउन व्यापारीलाई हम्मे परेको श्रोतले जनाएका छन् ।
मरिच, मटर र मदिरा सहित सेटिगंमा प्रतिदिन ठुला सवारी साधनबाट नै तस्करी हुने गरेका श्रोतको दावी रहेका छन् ।
सप्तरीका केही भनाउदा ठुला व्यापारी र प्रशासनको सहयोगमा भईरहेका तस्करी हाल रोकिएकोले लाईन मिलाउन दोवर रकमको खेल भईरहेको श्रोतले जनाएका छन् ।
सप्तरीमा र हेका मुख्य भन्सार नाका तिलाठी वेल्ही सहित पातो छोटी भन्सार र स्वर्णपट्टी नाका मध्ये सवारी साधन आवत जावत गर्न सजिलो रहेकाले स्थानिय व्यापारीको सहयोगमा पातो नाकाबाट लाईन सेटिगंमा तस्करी हुने गरेको श्रोतको दावी रहेका छन् । सप्तरीको विभिन्न नाकाबाट खुलेयाम तस्करी भैरहेको छ।घुमुवाहरूले गणपति र डिअाइजीकाे नाममा खुलेयाम रकम असुली गरिरहेका छन् ।
घुमुवाहरू गणबाट नै परिचालन गरिएका छन् । घुमुवाबाट डिअाइजीले रकम खाएकाे अहिलेसम्म सुनिएको छैन तथापि घुमुवाहरूले भने डिअाइजीकाे नाममा समेत रकम असुली भने गरिरहेका छन ।
घुमुवाहरूकाे सेटिङमा सप्तरीको बिअाेपी तिलाठी क्षेत्रबाट तस्करीको लाइन पाउनेहरूमा अरूण यादव कपडा , जयप्रकाश महत्ताे सूर्ति र माछा , विश्व महत्ताे रक्सी र अाैषधी , ललन मण्डल रक्सी र मटर , बिरेन्द्र साह किराना , बासु साह सूर्ति , प्रभानन्द मेहता कपडा , छाेटे साह कपडा , धनराज साह राजनिवास र रजनीगन्धा , रताे पण्डित रक्सी , ललिता मण्डलकाे महिला समूह कपडा र कारी यादव छन् ।
त्यसैगरी छिन्नामस्ता बिअाेपी क्षेत्रबाट घुमुवाकाे सेटिङमा तस्करीको लाइन पाउनेहरूमा रविरन्जन सिंह रक्सी , कपडा र किराना , फ्लाइट यादव किराना , मनाेज साह सूर्ति , माेहमद सदरूल किराना र मटर ,बिनाेद चाैधरी रक्सी र मिथलेश यादव रक्सी रहेका छन् ।
त्यसैगरी बिअाेपी बननियांकाे क्षेत्रबाट तस्करीको लाइन पाउनेहरूमा फटुर सिंह , शिवशंकर सिंह ,बिरेन्द्रले रक्सी ,अशोक यादव सूर्ति र सन्तोष यादव रांगाभैसी छन ।
तस्करीको सबै सेटिङ मिलाउने काम गणबाट खटिएका घुमुवाहरूले खुल्लेअाम रुपमा गर्दै अाएका छन् । उनीहरूले रकमकाे लेनदेन सुनसान र एकान्त ठाउँमा गर्ने गर्दछन ।
प्रकाशित मिति: २०२४-०४-११ , समय : २२:१८:४२ , 1 year अगाडि