मधेस प्रदेश : फेरि एक महिलाको हत्या, गहुँ खेतमा शव फेला
मिति: २०२४-०४-१४ , समय : १४:३१:१२ , गामघर डेस्क
मिति: २०२४-०४-१४ , समय : १४:३१:१२ , गामघर डेस्क
गामघर डेस्क
जनकपुरधाम । पछिल्लोपटक मधेस प्रदेशका जिल्लाहरुमा हत्या तथा लुटपाटका घटनाक्रम बढदै गएको छ । साेहि क्रममा मधेस प्रदेशको धनुषामा माइति गएकी एक महिलाको हत्या भएको छ । धनुषाको हंसपुर नगरपालिका ७ की ५५ वर्षीय शुभ देवी मण्डलको हत्या भएको अवस्थामा आज बिहान गहुँ खेतमा शव फेला परेको हो ।
माइत धनुषाकै सहिदनगर नगरपालिका ४ ननुपट्टीमा गएकी उनी हिजो साँझ ७ बजेदेखि सम्पर्क विहीन थिइन् । खोज तलासको क्रममा उनको हत्या भएको अवस्थामा आज बिहान सवा ९ बजे शव फेला परेको हो । मण्डल माइतिमा एकजनाको देहान्तको मृत्युको क्रियाकाण्डमा गएकी थिइन् ।
यता मृतककाे शरीरको विभिन्न भागमा घाउचोट देखिएकोले उनको हत्या भएको घटनास्थलको प्रकृतिले देखिन्छ । हत्या गरेर फालेको हुन सक्ने प्रहरीको आशंका छ ।
धनुषाका प्रहरी प्रवक्ता डिएसपी रञ्जन अवाले घटनास्थलको तालिम प्राप्तकुकुरबाट अनुसन्धानको लागि बोलाइएको छ । डग टोलिबाट अनुसन्धानपछि शव उठाएर पोस्टमार्टमको लागि प्रादेशिक अस्पताल जनकपुरमा लगिने डिएसपी अवाले बताए ।
प्रकाशित मिति: २०२४-०४-१४ , समय : १४:३१:१२ , 1 year अगाडि