आज रामनवमी : भगवान रामकाे श्रद्धापुर्वक पूजा आराधना गरी मनाइँदै, देशभर सार्वजनिक बिदा
मिति: २०२४-०४-१७ , समय : ०६:३७:४९ , गामघर डेस्क
मिति: २०२४-०४-१७ , समय : ०६:३७:४९ , गामघर डेस्क
गामघर डेस्क
राजविराज । चैत्र शुक्ल नवमीका दिन मर्यादा पुरुषोत्तम भगवान् रामचन्द्रको सम्झनामा मनाइने ‘रामनवमी’ पर्व आज देशभरि श्रद्धा र भक्तिपूर्वक पूजा आराधना गरी मनाइँदैछ ।
असत्यमाथि सत्यको विजय तथा भगवान् श्रीरामको सम्झनामा मनाइने रामनवमीका अवसरमा आज सरकारले देशभर सार्वजनिक बिदा दिएको छ ।
रामनवमीको दिन देशभरका राम मन्दिरहरुमा पूजापाठ गरिन्छ । साेहि अवसरमा सप्तरीको सदरमुकाम राजविराजमा बृहत् र्यालि प्रदर्सन कार्यक्रम राखिएको छ । यस्तै धनुषाको जनकपुरस्थित रामजानकीको मन्दिरमा पनि पूजा गर्नेहरुको घुइँचो छ ।
रामनवमीका दिन श्रीरामको व्रत, उपवास गरी पूजा, आराधना गर्नाले सुख शान्ति मिल्ने धार्मिक विश्वास छ । यस्तै काठमाडौं स्थित कुपोन्डोलकाे राम मन्दिरमा समेत भव्य पुजाअाजा गरि रामनवमि पर्व मनाउँदै छ । रामनवमि पर्वकाे अवसरमा राम कुपोन्डोलकाे राम मन्दिरमा राम भगवानकाे प्रतिमा लगाउने कार्यक्रम रहेको अायाेजकले जनाएको छ ।
त्रेतायुगमा आजकै दिन अयोध्यामा राजा दशरथ र रानी कौशल्यावतीको जेठो छोरोको रुपमा विष्णुको अवतार लिएर रामको जन्म भएको धर्मग्रन्थमा उल्लेख छ ।
रामले मिथिलाका राजा जनककी छोरी सीतासँग विवाह गरेको र दुष्टहरुको संहार गरेको वाल्मिकीय रामायणमा पढ्न पाइन्छ ।
प्रकाशित मिति: २०२४-०४-१७ , समय : ०६:३७:४९ , 1 year अगाडि