मलेसियामा दुई वटा हेलिकप्टर आकाशमै ठोक्किदा १० जनाको मृत्युु

मिति: २०२४-०४-२३ , समय : १३:२७:४० , गामघर डेस्क

तस्बिर : एजेन्सीबाट

गामघर डेस्क

मलेसिया ।
मलेसियामा दुई वटा हेलिकप्टर आकाशमै ठोक्किएर भएको दुर्घटनामा १० जनाको ज्यान गएको छ । नौसेनाको तालिमका क्रममा आज बिहान लुमुट शहरमा दुई वटा हेलिकप्टर आकाशमै ठोक्किएर दुर्घटना भएको बीबीसीले जनाएको छ ।

यी हेलिकप्टरले रोयल मलेसियन नौसेना परेडका लागि प्रशिक्षण गरिरहेका थिए । दुर्घटनामा हेलिकप्टरमा रहेका सबै १० जनाको ज्यान गएको खबरमा उल्लेख छ । एजेन्सी

प्रकाशित मिति: २०२४-०४-२३ , समय : १३:२७:४० , 1 year अगाडि