मधेस प्रदेशमा क्राइम बढदै : जनकपुरमा दिनदहाडै सहकारीकाे ८० लाख रुपैयाँ लुटियाे
मिति: २०२४-०५-०६ , समय : १६:३२:३० , गामघर डेस्क
मिति: २०२४-०५-०६ , समय : १६:३२:३० , गामघर डेस्क
गामघर डेस्क
जनकपुरधाम । पछिल्लोपटक मधेस प्रदेशका जिल्लामा लुटपाटकाे घटनाक्रम बढदै गएको छ । साेहि क्रममा मधेस प्रदेशको धनुषाको जनकपुरमा एउटा सहकारीको ८० लाख रुपैयाँ लुटपाट भएको छ ।
जनकपुरधाम उपमहानगरपालिका–१९ मा रहेको शुभश्री बचत तथा ऋण सहकारीका कर्मचारीलाई मोटरसाइकलमा आएका तीन जनाको समूहले पेस्तोल देखाएर ८० लाख रुपैयाँ लुटेका जानकारी आएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।
सहकारीका कर्मचारी वीरेन्द्र महतोले जनकपुरमा रहेको हिमालयन बैंकबाट रकम झिकेर मोटरसाइकलमा सहकारीको कार्यालय जाँदै गर्दा रकम लुटपाट भएको हो । अहिले घटनाको अनुसन्धान भइरहेको धनुषाका प्रहरी नायब उपरीक्षक (डीएसपी) रञ्जन अवाले जानकारी दिनुभयो ।
प्रकाशित मिति: २०२४-०५-०६ , समय : १६:३२:३० , 1 year अगाडि